arrow

कुन भाषालाई शक्तिशाली भन्ने ? विश्वमा यसरी मापन गरिन्छ भाषाको शक्ति

logo
प्रकाशित २०७३ मंसिर २७ सोमबार
Languages.jpeg
काठमाडौं । विश्वमा कुन भाषा बढी शक्तिशाली होला ? सबैले अनुमान गर्न सक्छन् कि अङ्ग्रेजी भन्दा बढी शक्तिशाली भाषा अरु हुनै सक्दैन । किन कि यो विश्वभरीका मानिसहरुको सञ्चारको माध्यम भाषाको रुपमा रहेको छ । तर, यही आधारमा मात्रै कसैले अङ्ग्रेजीलाई विश्वको सर्वशक्तिमान भाषा सम्झिन्छ भने त्यो सरासर झुटो हो । 
 
विश्वका कुनैपनि भाषा कति शक्तिशाली छ भन्ने सवालमा विभिन्न सूचकहरुले निर्धारण गर्ने गरेकाछन् । त्यस्ता सूचकहरुमा अगाडि आएको खण्डमा मात्रै त्यो भाषालाई विश्वको शक्तिशाली भाषाको रुपमा मान्ने गरिएको छ । अमेरिकी एक संस्थाले गरेको अध्ययनले विभिन्न शक्तिशाली १० वटा भाषाको सूची सार्वजनिक गरेको छ । जुन रिपोर्टले तोकेको शक्तिशाली ६ वटा भाषा संयुृक्त राष्ट्रसंघको सूचीमा समेत रहेको छ भने । 
 
रिपोर्टका अनुसार विश्वभरी कूल ६ हजार भन्दा बढी भाषाहरु बोलिनेगरेको छ । तर, बोलिचालीमा समेत प्रयोगहुने भाषाको संख्या भने विश्वभरी जम्मा एक हजारको संख्यामा मात्रै रहेको छ । यतिकाधेरै भाषाहरुमध्येबाट कसरी छानिन्छ त शक्तिशाली भाषा ? 
रिपोर्टका अनुसार भाषाको शक्ति नाप्न विश्वमा पाँचवटा सूचकहरुको प्रयोग गरिने गरिएको छ । जुन सूचकहरु निम्नानुसार रहेका छन् । 
 
१ भूगोल : कति क्षेत्रमा बोलिने गरिएको छ उक्त भाषा ? 
२ अर्थतन्त्र : उक्त भाषा बोल्नेहरुको अर्थतन्त्रको अवस्था कस्तो छ र विश्व अर्थतन्त्रमा उक्त भाषीहरुको योगदान कस्तो छ ?
३ सञ्चार : विभिन्न बहसका कार्यक्रमहरुमा उक्त भाषा कत्तिको प्रयोग गरिन्छ ? 
४ आमसञ्चार तथा शिक्षा : उक्त भाषामा कत्तिको आमसञ्चारका साधनहरु चलिरहेका छन् ? र यसको अध्ययन अध्यापन कत्तिको गराईन्छ । 
५ कूटनीति : अन्तर्राष्ट्रिय सम्बन्धहरुमा कत्तिको उत्तः भाषा प्रयोग गरिने गरिएको छ 
 
यिनै ५ प्रकारका सूचकहरुलाई आधार मानेर विश्वका शक्तिशाली भाषाहरुको छनोट गरिन्छ । अहिले संयुक्त राष्ट्रसंघले कार्यालयीय भाषाको रुपमा उल्लेख गरेका भाषाहरु पनि यही सूचकहरुको आधारमा तयार पारिएको बताईन्छ । 
 
कुन् कुन् हुन् विश्वका १० शक्तिशाली भाषा ?   
विश्वमा रहेका १० शक्तिशाली भाषाहरुमा अङ्ग्रेजीदेखि भारोपेली भाषा समूहको हिन्दी भाषा पनि परेको छ । उक्त १० शक्तिशाली भाषाको सूचीमा पहिलो स्थानमा अङ्ग्रेजी रहेको छ भने दोस्रो स्थानमा चिनियाँ भाषा समूहको म्याण्डोरियन भाषा दोस्रो शक्तिशाली भाषाको रुपमा रहेको छ । 
 
त्यस्तैगरी तेस्रो चौथो र पाँचौमा फ्रेन्स, स्पेनिस र अरबिक भाषा रहेको छ । त्यसपछि छैटौं स्थानमा रसियन, सातौं स्थानमा जर्मन, आठौ स्थानमा जापानिज, नवौ स्थानमा पोर्चूली र १० औं स्थानमा हिन्दी भाषा रहेका छन् । माथि उल्लेखित सूचकहरुको आधारमा कुन भाषा कुन् स्थानमा रहेको छ ? भन्ने विवरण तल प्रस्तुत गरिएको छ । 
 
कुन सूचकको हिस्सा कति ? 
यी ५ सूचकहरु मध्ये पनि कुन सूचकको आधार कति मानेर शक्तिशाली भाषा छनोट गरिन्छ यो पनि चासोको विषय बन्न सक्छ । उक्त रिपोर्टका अनुसार भूगोल, अर्थतन्त्र, सञ्चार र मिडियालाई समान २२.५ प्रतिशत आधार मानिन्छ भने कूटनीतिक रुपमा धेरै बोल्ने भाषालाई १० प्रतिशत मात्रै आधार मानिन्छ । यसरी भूगोल भित्र भाषा बोल्ने मुलुकको र मुलुकभित्र बसोबास गर्नेको संख्या, भूगोलको क्षेत्र र पर्यटकको संख्यालाई आधार मानिन्छ भने अर्थतन्त्रभित्र जीडीपी, निर्यातको दर, लगायत हेरिन्छ ।
त्यस्तै, सञ्चार भित्र मातृभाषी नागरिक, परिवारको आकार, दोस्रो भाषा र पर्यटकको संख्या पर्दछ । मिडिया भित्र इन्टरनेटका विषयबस्तु, फिचर फिल्म, उत्कृष्ट ५०० विश्वविद्यालय, जर्नलहरु रहेका छन् । र कूटनीति भित्र विभिन्न अन्तराष्ट्रिय संस्थाहरुमा प्रयोग गरिएका भाषाहरुलाई आधार मानिने गरेको उक्त रिपोर्टले देखाएको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ