arrow

केएमसीले मनायो पाँच सय महिला कर्मचारीबीच तीज [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १२ बुधबार
kmc-teej-2081-5.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) ले हरितालिका तीज मनाएको छ । 

केएमसीका कर्मचारीहरुबीच केएमसीले भव्यपूर्वक तीज मनाएको प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

केएमसी व्यवस्थापनले आयोजना गरेको उक्त तीजमा पाँच सय कर्मचारी सहभागी भएका थिए । तीज कार्यक्रम संयोजक डेजी ढकालको सभापतित्वमा भएको कार्यक्रममा तीज कार्यक्रम सचिव कृष्णाकुमारी थापाले उद्घोषण गरेकी थिइन् । 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दाहाल, अस्पताल निर्देशक डा. मीना थापा, एचआर चिफ सन्ध्या कार्की लगायतले सम्बोधन गरेका थिए । 

पाँच सय भन्दा बढी महिला कर्मचारी एवं चिकित्सकहरुले रातो पहिरनमा सजिएर भव्य रुपले नाचगानसहित रमाइलो गरेका थिए । 
 

kmc-teej-2081 (1).jpg
kmc-teej-2081 (2).jpg
kmc-teej-2081 (3).jpg
kmc-teej-2081 (4).jpg
kmc-teej-2081 (5).jpg
kmc-teej-2081 (6).jpg
kmc-teej-2081 (7).jpg
kmc-teej-2081 (8).jpg
kmc-teej-2081 (9).jpg
kmc-teej-2081 (10).jpg
kmc-teej-2081 (11).jpg
kmc-teej-2081 (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ