arrow

मुनाको हत्याका संदिग्ध पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १३ बिहिबार
muna-pandey-killer-usa.jpg

काठमाडौँ । अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिलाई प्रहरी पक्राउ गरेको छ ।

अमेरिकामा नेपाली पत्रकारहरुले संचालन गरेको पोर्टल नेप्योर्कका अनुसार अभियुक्तको तस्बीर सार्बजनिक भएपछि प्राप्त सूचनाका आधारमा प्रहरीले ती व्यक्तिलाई ट्राफिकमा रोकिएको अवस्थामा पक्राउ गरेको हो । 

ती व्यक्ति मुना मृत भेटिएको स्थानमा अगस्त २४ को राति ९ बजेर ४८ मिनेटमा देखिएपछि प्रहरीले तस्बिर सार्वजनिक गरेको थियो । उनीविरुद्ध अहिलेसम्म बयान मात्र लिइएको र कुनै किसिमको मुद्धा दायर भने गरिएको छैन । 

अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको अवस्थामा सोमबार भेटिएकी थिइन् । 

नेपालमा भोजपुरकी पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् । २१ वर्षीया मुनाको हत्या किन भयो भन्नेबारे प्रहरी अहिले पनि अनुसन्धानमै रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ