arrow

‘सार्वजानिक स्थलमा राष्ट्रपति’ कार्यक्रमको थालनी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १४ शुक्रबार
ramchandra-poudel-81-5-14.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल सार्वजनिक स्थलमा पुग्ने ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम अन्तरगत शुक्रबार पहिलो दिन भक्तपुर दरबार स्क्वायर पुगेका छन् । 

राष्ट्रपति पौडेललाई भक्तपुर दरबार स्क्वायर पुग्दा सांसदहरू, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख तथा स्थानीय समुदायले स्वागत गरेका थिए । 
 
भक्तपुर दरबार स्क्वायरमा राष्ट्रपति पौडेलले सर्वसाधारणसँग सम्वादसमेत गरेका थिए । सो क्रममा स्थानीयले आम नागरिकको ठूलो बलिदानीबाट प्राप्त भएको गणतन्त्रको प्रतिफल नागरिकसम्म पुर्याउन अभिभावकका हैसियतले भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । 

जवाफमा राष्ट्रपति पौडेलले आम नागरिकको ठूलो बलिदानीबाट प्राप्त भएको गणतन्त्रको प्रतिफल नागरिकहरूसम्म पुर्याउने राम्रा लागि आफूले  शासन सञ्चालन गर्ने नेताहरूको ध्यानाकर्षण गराउने बताए । 

राष्ट्रपति पौडेलसँग स्थानीयले सार्वजानिक सेवामा सहज पहुँच पुग्न नसकेको, महँगीको मार थेग्न नसक्ने अवस्थामा पुगेको गुनासो गरेका थिए । 
 
सो क्रममा भक्तपुर दरवार स्क्वायर क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरको दर्शन, भैरवनाथ मन्दिर दर्शन र राष्ट्रिय कला संग्रहालय निरीक्षण गरे । 
 

ramchandra-sarwajanik-81-5-14 (1).jpg
ramchandra-sarwajanik-81-5-14 (2).jpg
ramchandra-sarwajanik-81-5-14 (3).jpg
ramchandra-sarwajanik-81-5-14 (4).jpg
ramchandra-sarwajanik-81-5-14 (5).jpg
ramchandra-sarwajanik-81-5-14 (6).jpg
ramchandra-sarwajanik-81-5-14 (7).jpg
ramchandra-sarwajanik-81-5-14 (8).jpg
ramchandra-sarwajanik-81-5-14 (9).jpg
ramchandra-sarwajanik-81-5-14 (10).jpg
ramchandra-sarwajanik-81-5-14 (11).jpg
ramchandra-sarwajanik-81-5-14 (12).jpg
ramchandra-sarwajanik-81-5-14 (13).jpg
ramchandra-sarwajanik-81-5-14 (14).jpg
ramchandra-sarwajanik-81-5-14 (15).jpg
ramchandra-sarwajanik-81-5-14 (16).jpg
ramchandra-sarwajanik-81-5-14 (17).jpg
ramchandra-sarwajanik-81-5-14 (18).jpg
ramchandra-sarwajanik-81-5-14 (19).jpg
ramchandra-sarwajanik-81-5-14 (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ