arrow

शैक्षिक क्षेत्रलाई खत्तम पार्ने माफियाको षड्यन्त्रप्रति गम्भीर बन्नपर्छ- माधव नेपाल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १५ शनिबार
madhav-npal-05-15.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको शैक्षिक क्षेत्रलाई खत्तम पार्ने माफियाहरूको षड्यन्त्रप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन् । शनिबार काठमाडौँमा आयोजित वृहत् शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेपालको शैक्षिक प्रणाली र शिक्षण संस्थाहरूमा सुधार ल्याउने र त्यसबाट रोजगारीको अवसर सृजना गर्ने कुरामा सरकार र संवृद्ध सबै निकायले ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । 

उनले विश्वविद्यालयहरूलाई पनि समय सीमा भित्र रहेर शैक्षिक कार्यक्रमहरु तय गर्ने र त्यसलाई जिम्मेवार भएर कार्यान्वयन गर्न पनि सचेत गराए । विद्यार्थी सङ्गठनहरूले विश्वविद्यालय तहको शैक्षिक कार्यक्रमलाई विद्यार्थीहरूको हित अनुकूल हुने गरी अघि बढाउनका लागि सरकार र सम्बन्धित पक्षसँग वहृत छलफल गर्नुपर्ने अध्यक्ष नेपालले बताए । उनले शैक्षिक प्रणालीमा सुधार र दक्ष जनशक्ति निर्माणमा शिक्षण संस्थाहरूले जोड दिनुपर्ने आवश्यकता पनि औँल्याए । 

उनले भने, ‘यहाँ अनेक माफियाहरूले चलखेल गरिरहेका छन् । नेपालको एजुकेशन सिस्टमलाई खत्तम पार्ने षड्यन्त्र भइराखेको छ । ती सबै षड्यन्त्रहरूप्रति गम्भीर हुनुपर्ने आवश्यकता छ । र कसरी देशमा शिक्षा प्रणालीमा सुधार गर्ने हो ? दक्ष जनशक्ति तयार गर्ने हो ? योग्य जनशक्ति तयार गर्ने हो ? अब कुन कुन विषयमा आउने ५ वर्षमा कति जना व्यक्तिहरूलाई रोजगारी दिन सक्छौ ? त्यो हामी अगाडि सार्दैनौँ । त्यो सबै सन्दर्भमा पनि हामीले गम्भीरताका साथ ध्यान दिनु जरुरी छ । त्यसका लागि युनिभर्सिटीले आफ्नो तर्फबाट गर्नुपर्ने कुराहरू, सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने कुराहरू, सरकारी नीति र कानूनमा रहेका त्रुटिहरूलाई सुधार्नुपर्ने कुराहरू, विश्वविद्यालयले आफ्नो अनुशासनलाई टाईड बनाउनुपर्ने कुराहरू, परीक्षा समयमा तयार नगर्ने, तयार भएपछि समयमा नछाप्ने, त्यसपछि समयमा इक्ज्यामिनेशन नहुने, इक्ज्यामिनेशनका कपीहरु नै सुरक्षित नहुने, समयमा त्यो कपीको जाँच नहुने, रिजल्ट प्रकाशित नहुने, समय सीमाप्रति गम्भीर नहुने, यस्ता खालको अनेक जुन समस्याका पाटाहरू आएका छन् । अपारदर्शीका पाटादेखि अनेक समस्याहरू आएका कुरा म तपाईँहरूको बीचमा खुला विमर्शहरू होस ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ