arrow

चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १७ सोमबार
karnali-marga.jpg

जुम्ला । पहिरोले चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । अविरल वर्षाका कारण यही भदौ १२ गतेदेखि अवरुद्ध कर्णाली राजमार्ग आइतबार साँझदेखि पूर्ण रुपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।

सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोट जिल्लाको गगनेखोला र दहिखोलामा आएको पहिरो आइतबार हटाएपछि सडक खुलेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सडक खुलेपछि रोकिएका मालवाहक ट्रक गुड्न थालेका छन् । वर्षाका कारण दहीखोला, मालचौर यासमोड, मेअरखोला, गगनेखोलासहितका दर्जनौँ स्थानमा पहिरो जाँदा सडक बन्द भएको थियो । पहिरोले सडक अवरुद्ध हँुदा जुम्लाबाट सुर्खेत नेपालगञ्जका लागि गएका ट्रक बाटोमै थन्किएका थिए । 

अवरुद्ध सडक खुलेसँगै बीच बाटोमा रोकिएका सवारीसाधन आ–आफ्नो गन्तव्यतिर लागेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ