arrow

समितिमा कतारका प्रस्तावित राजदूत

प्रत्यक्ष लगानी भित्र्याउन कतार सरकारसँग विशेष पहल गर्छु- प्रस्तावित राजदूत पौडेल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १८ मंगलबार
ramchandra-poudel-quatar.jpg

काठमाडौँ । कतारका लागि प्रस्तावित राजदूत रमेशचन्द्र पौडेलले नेपालमा प्रत्यक्ष लगानी भित्र्याउन कतार सरकारसँग विशेष पहल गर्ने बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । 

उनले कतारसँगको सम्बन्ध थप बिस्तार गर्दै कतारमा रहेका नेपालीहरूका समस्या समाधानका लागि पहल गर्ने बताए । उनले कतारमा रहेका नेपाली श्रमिकहरूका समस्या समाधानका लागि आवश्यक पहलकदमी लिने र उनीहरूले पाउनुपर्ने सुविधाको व्यवस्थापन गर्ने उल्लेख गरे । 

उनले भने, ‘त्यो देशसँग सम्बन्ध बिस्तार गर्ने, त्यो देशसँग प्रतिनिधिको रूपमा गर्नुपर्ने धेरै कामहरू छन् । नेपाली नागरिकहरू जो त्यहाँ हुनुहुन्छ, उहाँहरूलाई विभिन्न सेवा सुविधाको आवश्यकता पर्दछ । खास गरी पासपोर्ट लगायतका । त्यसको व्यवस्थापन गर्ने । कन्सुलर सर्भिसहरू प्रदान गर्ने । श्रमको प्रमुख गन्तव्य भएको कारणले गर्दा त्यसमा तममा सुविधाहरू उपलब्ध गराउने, उहाँहरूको कामलाई अनुकूलन प्रदान गर्ने । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन विशेष पहल गर्ने । त्यहाँ भएका नेपालीहरू, प्रवासी डायस्पोराहरु छ, उहाँहरूसँग भएका श्रोतहरू सर्वोपरि हितमा प्रयोग गर्ने ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ