arrow

टी–२० क्रिकेटमा दश रनमै अलआउट 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २० बिहिबार
icc2.jpg

काठमाडौँ । मंगोलिया आइसीसी टी–२० विश्वकप को एसिया क्वालिफायर अन्तर्गतको खेलमा केवल १० रनमा अल आउट भएको छ । विहिबार सम्पन्न सिंगापुरविरुद्धको खेलमा मंगोलियाले १० ओभरमा १० रन मात्र बनाएर अल आउट भएको थियो ।

मंगोलियाका लागि पाँच ब्याट्सम्यान डक आउट भएका थिए भने २ जनाले २–२ रन बनाएका थिए । अतिरिक्त २ रन पाएको मंगोलियाका लागि चार ब्याट्सम्यानले एक एक रन बनाएका थिए । 

मंगोलियाको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा सिंगापुरका बलर हर्ष भारध्वाजले ६ विकेट लिएका थिए । त्यस्तै ११ रनको लक्ष्य सिंगापुरले ५ बलमा एक विकेट गुमाएर पूरा गरेको थियो ।

टी–२० अन्तराष्ट्रिय क्रिकेटमा मंगोलिया सबैभन्दा कम रन बनाउने दोस्रो टिम बनेको छ । यसअघि आइल अफ म्यानले पनि स्पेनविरुद्ध १० रन नै बनाएको थियो ।

टी–२० क्रिकेटमा सबैभन्दा कम रन बनाउने चार इनिंगमा मंगोलियाले तीन पटक कम योगफल बनाएको छ । जुन यसै बर्ष बनाएको हो । मंगोलियाले यसअघि जापानविरुद्ध १२ र हङकङविरुद्ध १७ रन बनाएको थियो ।         



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ