arrow
ADVERTISEMENT

पदाधिकारी निर्वाचनमा कसैलाई जिताउन वा हराउन चिट बाँडेको छैन- नेपाल [भिडियो]

सार्वजनिक रूपमा पार्टीको विरुद्धमा बोल्ने नेताहरूलाई छुट दिन नसकिने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २४ सोमबार
madhav-nepal-05-24.jpg

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको पदाधिकारी निर्वाचनमा आफू कसैको पक्षमा नलागेको स्पष्ट पारेका छन्। अध्यक्ष नेपालले केही दिनअघि भएको पार्टीको पदाधिकारी निर्वाचनमा कोही व्यक्ति विशेषलाई जिताउन वा हराउन आफूले चिट नबाँडेको स्पष्ट पारेका हुन् । उनले आफू पार्टी अध्यक्षको रूपमा सबैको साझा व्यक्ति भएको भन्दै निर्वाचनमा कुनै हस्तक्षेप नगरेको बताए । 

यद्यपि निर्वाचनमा दश प्रकारका चिट बाँडिएको भन्दै चिटमा नाम परेकाहरू हार्ने र नाम नपरेकाहरू जित्ने निर्वाचन परिणाम आएकाले चिटले काम नगरेको स्पष्ट भएको उनको भनाई छ । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले पदाधिकारीमा सहमति जुटाउन नसकेपछि पदाधिकारीको व्यवस्था नै हटाउने प्रस्ताव आफूले राखेको भए पनि सो सम्भव नभएको बताए । सबैले निर्वाचनको माग गरेपछि निर्वाचन गर्न बाध्य भएको उनले बताए । अध्यक्ष नेपालले उम्मेदवारहरूले नै आफूलाई तटस्थ बस्न आग्रह गरेको भन्दै सोही अनुरूप आफू तटस्थ बसेको उल्लेख गरे । 

उनले भने – ‘त्यस्तो कसैले पनि आरोप लगाएका छैनन् । किनकि थाहा छ कि अध्यक्ष सबैप्रति साझा हुनुहुन्छ । चिटको काममा मैले रोक नै लगाएको हो । मलाई थाहा पनि भएन । थाहा भएको होइन । कसैले अध्यक्षलाई दोष लगाउलान् । कसैले महासचिवलाई दोष लगाउलान् । कसैले अर्को नेतालाई दोष लगाउलान् । आ–आफू जित्न आ–आफ्नो ढङ्गले चलेका होलान् । म यस्ता कुराको विपक्षमा छु । मेरो लागि सबै बराबर हुन् । साझा हुन् । प्रतिस्पर्धामा गइसकेपछि प्रतिस्पर्धाबाट जित्ने हो । मन जित्न सक्नुप¥यो । मन जित्न नसक्ने हो भने त दोष लगाएर हुँदैन । भोटिङ बाट टुङ्गो लगाएको त हो नि । के मान्छेले भोटिङ लोभ, लालचले गरेको हो त ? डर, त्रासले गरेको हो त ? डर त्रासले होइन होला । भोटिङको सबै पक्ष हेर्नुहुन्छ भने चिटमा नाम भएका मान्छे हारेका छन् । नाम नै नभएका मान्छे जितेका छन् । चिटले त जिताएको रहेनछ । चिटमा नाम भएका मान्छे हारेका छन् फेरी । कसरी हा¥यो त ? चिटमा नाम नै नभएकाले कसरी जिते त ? चिट एउटा छैन फेरी दश प्रकृतिका चिट बाँडेको छ फेरी । त्यो सबै चिट मैले पाइसकेको पनि छैन । मैले मागिरहेको छु । कुन–कुन चिटमा क–कसको नाम छ, हेर्छु । त्यो नाम भएका मान्छेले बाँडेका हुन् कि ? शङ्का गर्नुपर्ने भएन ? नाम भएकाहरूले मात्रै होला नि बाँडेका त । कतिपय जित्नुपर्ने साथीहरू नजित्दा खेरी उहाँहरुलाई पनि दुःख लागेको होला । अब म नजित्नुपर्नेहरुले जिते भन्न पनि सक्दिनँ । जितेर आउनुभएको मान्छे चाहीँ ठिक भएन । नजितेकाहरूले जित्नुपर्थ्यो भनेर मैले भन्नु पनि भएन । अनुभवी साथीहरू जसले जित्न सक्नुभएन उहाँहरुप्रति पनि मेरो सहानुभूति छ । जितेर आउनुहुनेहरुलाई अगाडी बढ्न शुभकामना छ । केन्द्रीय कमिटीका सदस्यले भोट दिए । उहाँहरुको मन जित्न सक्नुभएन । दोष अरूलाई दिएर हुन्छ ? मैले भनेको पनि थिएँ, पदाधिकारीमा हामीले सहमति गर्न सक्ने भएनौँ । पदाधिकारीको व्यवस्था नै हटाइदिउँ भनेकै हो । हुँदैन हुँदैन भने । चुनाव चुनाव भने । अनि के गरौँ त ? म कसको पक्षमा लागूँ त ? तपाई चुपचाप बसिदिनुस् भनेको हुन् मलाई । म केही बोलिनँ । किनकि मलाई थाहा छ, पर्खालको पनि कान हुन्छ । एउटालाई खुसुक्क भन्यो भने मलाई त भन्नुभएको छ भन्दै हिँड्छ । त्यसो हुनाले म यस्ता कुरामा किन लाग्न चाहिन भने जब म दुई जना मान्छेलाई कन्भिन्स गर्न सकिरहेको छैन एउटै पदका आकाङ्क्षी दुई जना । अनि म कतिलाई कन्भिन्स् गर्न सक्छु त ? म थाँके । दुइटै भन्छन्, तपाई चुप लागिदिनुस् । हामीलाई छोडिदिनुस् ।’ 

अध्यक्ष नेपालले सार्वजनिक रूपमा पार्टीको विरुद्धमा बोल्ने नेताहरूलाई छुट दिन नसकिने बताए । उनले सार्वजनिक रूपमा पार्टीको बद्ख्वाईँ गर्ने मान्छे पार्टीको मान्छे हो कि होइन भन्नेमै प्रश्न उठ्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ