arrow
ADVERTISEMENT

लक्ष्मी सन्‌राइज बैङ्कले गर्‍यो वीरगन्जमा सेवा विस्तार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २६ बुधबार
laxmi-sunrise-bank-birjung-branch-madesh-province.jpg

काठमाडौँ। लक्ष्मी सन्‌राइज बैङ्कले पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ।

बैङ्कको वीरगन्ज महानगरपालिका वडा न.६ स्थित आदर्श नगर चोकमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा न. ८ स्थित लिङ्क रोड (अघिल्लो शाखा स्थानबाट करिब १ केमी मिटर उत्तर-पूर्वतर्फ) मा स्थानान्तरण गरिएको छ। स्थानान्तरण गरिएको साबिकको शाखाका ग्राहकहरूले आदर्श नगरमा रहेको अर्को शाखा मार्फत सेवा लिन सकिने बैङ्कले जनाएको छ।

स्थानान्तरण भए सँगै लक्ष्मी सन्‌राइज बैङ्कले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैङ्किङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ। स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैङ्किङ सेवाहरू प्रदान गर्नेछ।

हाल लक्ष्मी सन्‌राइज बैङ्कको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३२० एटिएम, २८ एक्सटेन्सन काउन्टर र १२८ शाखारहित बैङ्किङ एजेन्ट रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ