arrow
ADVERTISEMENT

गणतन्त्रको मूलधार माओवादी नै हो- प्रचण्ड [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २८ शुक्रबार
prachanda-05-27.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रको मूलधार माओवादी आन्दोलन भएको बताएका छन् । उनले माओवादी आन्दोलन वा नेकपा माओवादी मूलधारमा आएपछि भन्ने शब्द प्रयोग भएको भन्दै माओवादी मूलधारमा आएको हो वा माओवादीले मूलधार क्रिएट गरेको हो भन्ने कुरा राजनीतिक बहसको विषय रहेको बताए । 

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको मूलधार माओवादी भएको बताए । गणतन्त्रको घोषणासँगै देशको सबैभन्दा ठूलो पार्टी पनि माओवादी भएको स्मरण गरे । माओवादीको गणतन्त्रात्मक मूलधारमा अन्य दल आएका हुन् की माओवादी संवैधानिक राजतन्त्रको मूलधारमा गएको हो भन्ने विवाद वैचारिक क्षेत्रमा, राजनीतिक क्षेत्रमा अहिले पनि रहेको बताए । 

उनले भने, ‘यहाँ अघि भनियो, माओवादी आन्दोलन वा नेकपा माओवादी मूलधारमा आएपछि भन्ने शब्द प्रयोग भयो । यो विषय धेरै ठूलो गम्भीर महत्वको छ । हामी मूलधारमा आयौँ की हामीले मुलधारा क्रिएट ग¥यौँ भन्ने विषय निकै ठूलो बहसको विषय हो । कुन मूलधार । संवैधानिक राजतन्त्रवालालाई मूलधार भनेको हो की गणतन्त्रको मूलधार ? गणतन्त्रको मूलधार त माओवादीका कारणले नै जन्मिएको हो । संघीय लोकतान्त्रिक गणतन्त्रको मूलधार । गणतन्त्रको घोषणासँगै देशको सबैभन्दा ठूलो पार्टी पनि माओवादी नै भएको हो । माओवादीको गणतन्त्रात्मक मूलधारमा अन्य दल आएका हुन् की माओवादी संवैधानिक राजतन्त्रको मूलधारमा गएको हो भन्ने विवाद वैचारिक क्षेत्रमा, राजनीतिक क्षेत्रमा निकै ठूलो छ । तपाईँहरूले बनाउने यो टेलिश्रृंखलाले यथार्थलाई उद्बोधन गर्नेछ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ