arrow
ADVERTISEMENT

इङ्गल्याण्डसँग अस्ट्रेलिया पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २९ शनिबार
england-t20-24-9-13.jpg

काठमाडौँ । टी–२० क्रिकेट श्रृंखलाको दोस्रो खेलमा इङ्गल्याण्डले अस्ट्रेलियालाई पराजति गरेको छ । गएराति सम्पन्न खेलमा इङ्गल्याण्डले अस्ट्रेलियालाई ३ विकेटले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको १९४ रनको लक्ष्य पछ्याएको इङल्याण्डले १९ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

इङ्गल्याण्डको जितमा लियम लिभिङस्टोनले सर्वाधिक ८७ रन बनाएका थिए भने जाकोब बेथेलले ४४ तथा फिल साल्टले ३९ रन बनाएका थिए ।  त्यस्तै अस्ट्रेलियाका बलर म्याथ्यु शर्टले सर्बाधिक ५ विकेट लिए भने सिन एबोटले २ विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउदै १९३ रन बनाएको थियो । अस्ट्रेलियाका लागि जेक फ्रासर म्याकग्रुकले सर्वाधिक ५० रन बनाए भने जोस इंगलिसले ४२, ट्राभिस हेडले ३१ तथा म्याथ्यु शर्टले २८ रन बनाएका थिए ।

त्यसैगरी इङल्याण्डका बलर लियम लिभिङस्टोन र ब्राइडन कार्सले २(२ विकेट लिएका थिए ।

यो जितपछि ३ खेलको श्रृंखलामा १–१ को बराबरी भएको छ । अन्तिम खेल खेल आइतबार हुने छ ।
                     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ