arrow

यी हुन् क्यानले आयोजना गर्ने एनपीएलका आठ मार्की खेलाडी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २९ शनिबार
npl-marquee02081.jpg

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) का आठ मार्की खेलाडीको फ्रेन्चाइजी चयनको लक्की ड्र सम्पन्न भएको छ ।

जस अनुसार मार्की खेलाडी करण केसी काठमाडौँ फ्रेन्चाईजीबाट खेल्ने भएका छन् । त्यस्तै मार्की खेलाडी कुशल भुर्तेल पोखरा फ्रेन्चाईजीबाट खेल्ने भएका छन् । त्यसैगरी मार्की खेलाडी  कुशल मल्ल चितवनबाट खेल्ने भएका छन् भने मार्की खेलाडी सन्दीप लामिछाने विराटनगर फ्रेन्चाईजीबाट खेल्ने भएका छन् ।

त्यस्तै मार्की खेलाडी रोहितकुमार पौडेल लुम्बिनीबाट खेल्ने भएका छन् भने मार्की खेलाडी आसिफ शेख जनकपुर टिमबाट खेल्ने भएका छन् ।  

त्यस्तै मार्की खेलाडी सोमपाल कामी कर्णालीबाट र मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी सुदूरपश्चिम फ्रेन्चाईजीबाट खेल्ने भएका छन् ।   

क्यानले एक कार्यक्रमको आयोजना गरेर लक्की ड्र कार्यक्रम मार्फत मार्की खेलाडी कुन फ्रेन्चाइजीबाट खेल्छन् भन्ने टुंगो लगाएको हो ।

मार्की खेलाडी तीन वर्षका लागि फ्रेन्चाईजीमा रहने तर हरेक सिजनको अन्त्यपछि रिलिज गर्न चाहेमा रिलिज गर्न सक्ने क्यानले बताएको छ ।

एनपीएल आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म‌ हुने तालिका छ ।



नयाँ