arrow

सरकार सबै राजनीतिक पार्टीहरूसँग सहकार्य गर्न चाहन्छ: मन्त्री पाण्डे [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १ मंगलबार
badri-pandey-06-01.jpg

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डे सबै राजनीतिक दलहरूलाई सरकारसँग सहकार्य गरेर अघि बढ्न आग्रह गरेका छन्। नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका मन्त्री पाण्डेले मुलुकमा विद्यमान सबै खालको जटिलता हटाउनका लागि दुई ठूलो पार्टीले सत्ता सहकार्य गरेकाले त्यसमा अन्य सबै राजनीतिक दलहरूले सहकार्य गरेर अघि बढ्नुपर्ने बताए ।

 नेपाल पर्वतारोहण सङ्घले मंगलबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई जटिलताबाट पार लगाउन सबै राजनीतिक दलहरूले मिलेर काम गर्नुपर्ने बताए । मन्त्री पाण्डेले देशमा समस्याको चाङ देखिएकोपछि समाधानका लागि कांग्रेस–एमाले एक ठाउँमा उभिएको उल्लेख गर्दै मन्त्री पाण्डेले अन्य दलहरूले पनि यस्तो बेलामा सरकारसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । उनले सरकारले एकताको बाटोबाट मुलुकमा विद्यमान समस्या समाधान गर्न चाहेको पनि बताए । सबै दलहरूले एकताको बाटोबाट नेपाललाई एउटा स्थिर शासन पनि दिने, गतिशील अर्थतन्त्र प्रदान गर्ने दिशामा चाहेको मन्त्री पाण्डेको भनाई थियो । 

उनले भने, ‘नेपाली कांग्रेस पार्टी र नेकपा (एमाले) एक ठाउँमा उभिनुको पछाडि यो स्वभाविकता र सहजता छैन । किन छैन भने दुई वटा पार्टी मूल प्रतिस्पर्धी पार्टीहरू हुन् । तर हामीले देशको जुन अप्ठ्यारो देख्यौँ । देशको जुन खालको जटिलता देख्यौँ । देशमा आएका समस्याहरूको उचाइ देख्यौँ । समस्याहरूको आकार देख्यौँ । हामी एक ठाउँमा उभिन तयार भयौ । एक ठाउँमा उभिएर हामी समाधान दिन चाहन्छौँ । हामी सबै प्रकारको समाधान दिन चाहन्छौँ । केवल दुई पार्टीको मनोमानी र सिन्डिकेट कायम गर्ने होइन । यसमा माओवादी जोडन चाहन्छौँ, समाजवादी जोड्न चाहन्छौँ । लोसपा, जसपा, राप्रपा, रास्वपा सबैलाई जोडेर काम गर्न चाहन्छौँ । त्यो दिशामा तत्काल क्षेत्रका व्यक्तिहरूले पनि यतिखेर प्रतिद्धन्दीताको समय होइन । यतिखेर एकले अर्कालाई खुट्टा तान्ने समय होइन । यतिखेर सहकार्य गर्ने समय हो । होष्टेमा हैँसे गर्ने समय हो । हामी सबै मिलेर पहिले देश बचाऔँ । देश बचाएपछि मात्रै हाम्रो राजनीति बच्छ । हाम्रो व्यवसाय बच्छ । सबै कुरा बच्छ । त्यसपछि हामीले बचाएको देशको मैदानमा, हामीले बचाएको देशको राजनीतिक मैदानमा हामी बल्ल प्रतिस्पर्धा गर्नसक्छौं । व्यावसायिक मैदानमा बल्ल प्रतिस्पर्धा गर्न सक्छौँ । यही कुरा म तपाईँहरूलाई आग्रह गर्न चाहन्छु–कांग्रेस–एमाले मूल प्रतिस्पर्धी एक ठाउँमा आउनुको मर्म अब सबै वर्ग, क्षेत्रले बुझेर, त्यो कुरालाई अनुभूति गरेर हामीले एकताको बाटोबाट कम्तीमा २०८४ सम्म नेपाललाई एउटा गति दिने, नेपालले जुन खालको अप्ठ्यारा र जटिलता व्यहोर्नुपरेको छ । त्यसलाई चिरेर अगाडि बढ्ने, नेपाललाई एउटा स्थिर शासन पनि दिने, नेपाललाई एउटा स्थिर अर्थतन्त्र पनि प्रदान गर्ने गतिशील अर्थतन्त्र प्रदान गर्ने दिशामा हामी अगाडि बढ्नेछौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ