arrow

सांसद शर्माको केएमसी र नाेबेलको टोली सर्लाहीको बलरामा, ६९५ बिरामीको निःशुल्क उपचार [तस्बिरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २ बुधबार
kmc-sunil-81-6-1q.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्मा सहितको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) र नोबेल मेडिकल कलेजको स्वास्थ्य टोलीले सर्लाहीको बलरामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । 

नागेन्द्र झाको आयोजनामा सीटीईभीटी स्कुलको प्राङ्गणमा भएको स्वास्थ्य शिविरमा ६९५ बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

 बिरामीमध्ये ८७ जनाको भिडियो एक्सरे, १०३ जनाको ईसीजी, ८७ जनाको ईको तथा ११७ जनाको ल्याब परीक्षण गरिएको थियो । 

त्यस्तै ८४ जनालाई केएमसीमा शल्यक्रियाका लागि रेफर गरिएको छ । शल्यक्रिया गर्नुपर्नेमध्ये केएमसीमा आउनेलाई निःशुल्क तथा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा जाँदा ५० प्रतिशत छुट हुने कार्यक्रमका प्रमुख अतिथि डा शर्माले बताए । 

बलराका मेयर रामशंकर कुशवाहको सभापतित्वमा भएको कार्यक्रममा समाजसेवाी एवं पूर्व प्रजिअ कमलेश साहा, डा. सुनीलकुमार यादव र नोबेल एकेडेमीका नविन दाहालले मन्तव्य दिएका थिए ।
डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 

kmc-81-6-1u (1).jpg
kmc-81-6-1u (2).jpg
kmc-81-6-1u (3).jpg
kmc-81-6-1u (4).jpg
kmc-81-6-1u (5).jpg
kmc-81-6-1u (6).jpg
kmc-81-6-1u (7).jpg
kmc-81-6-1u (8).jpg
kmc-81-6-1u (9).jpg
kmc-81-6-1u (10).jpg
kmc-81-6-1u (11).jpg
kmc-81-6-1u (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ