arrow

एनसेलले ल्यायो ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘ट्रान्जिट पास’

logo
प्रकाशित २०७३ मंसिर ३० बिहिबार
Ncell_Main-Logo.jpg.jpeg
काठमाडौँ । एनसेलले विदेश भ्रमणमा जाने ग्राहकका लागि ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘रोमिङ ट्रान्जिट पास’  सेवा ल्याएको छ ।साप्ताहिक रोमिङ् डेटा प्याक अन्तर्गत ग्राहकले अब विदेश भ्रमणमा रहेका बेलामा पनि  ५ प्रति एम.बि. सम्मको न्युन शुल्कमा डेटाको लिन सक्ने कम्पनीले जनाएको छ । 
 
सेवाहरु पुस १ गते देखि लागु हुनेछन्  । ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ अन्तर्गत ग्राहकले १५०० मा २५० एम.बि. डेटा र ५००० मा १ जि. बि. डेटा खरिद गर्न सक्नेछन् । त्यसै गरि रोमिङ ट्रान्जिट पास लिने ग्राहकले ५०० मा ट्रान्जिटमा रहेका बेला निरन्तर डेटाको लिन सक्छन् । सेवामा सबै कर समाहित रहेका छन् ।
 
साप्ताहिक रोमिङ् डेटा प्याक भारत, चिन, अमेरिका, बेलायत, हङकङ, सिङगापुर, अष्ट्रेलिया, मलेसिया, फ्रान्स, जर्मनी, कतार, टर्कि लगायत ५० भन्दा बढि देशमा लागु हुनेछ । त्यसैगरी रोमिङ ट्रान्जिट पास अन्तर्गतको अफर भारत, चिन, बङ्गलादेश, हङकङ, मलेसिया, ओमान, कतार, सिङ्गापुर, थाइल्यान्ड र टर्कि लगायतका १० देशमा ट्रान्जिटमा रहेको समयमा लागु हुने कम्पनीको विज्ञाप्तीमा छ ।
 
एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ सुचारु गर्न सक्छन् । रोमिङ सेवा सुचारु गर्न एनसेलका प्रिपेड ग्राहकले अंग्रेजीमा ‘ए’ टाइप गरि ९००२२८ मा एसएमएस गर्न सक्नेछन् भने पोष्टपेड ग्राहकले नजिकैको एनसेल सेन्टरमा गई  वा आफ्नो अकाउन्ट म्यानेजरलाई सम्पर्क गरी रोमिङ सेवा सुचारु गर्न सक्छन् । साप्ताहिक रोमिङ् डेटा प्याक सेवा सुचारु गरेको दिन देखि सात दिनको लागि मान्य हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ