arrow

दुई देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ४ शुक्रबार
sewa-lamsal-chitralekha-yadav.jpg

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित दुई राजदूतहरूविरुद्ध उजुरी दिन आह्वान गरेको छ ।

राजदूतामा नियुक्तिका लागि सिफारिस भई संसदीय सुनुवाइ हुन बाँकी रहेकाले समितिले आज एक सूचना जारी गर्दै बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवविरुद्ध उजुरी दिन आह्वान गरेको हो ।

समितिले आजदेखि १० दिनभित्र कार्यालय समयमा समितिको सचिवालय वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिन सक्ने बताएको छ ।

सेवा परराष्ट्र मन्त्रालयकी सचिव हुन् भने चित्रलेखा नेपाली कांग्रेसकी नेतृ एवं पूर्व मन्त्री हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ