arrow

संविधानको रक्षाका लागि फेरि राष्ट्रव्यापी आन्दोलन गर्छौँ - झलनाथ खनाल [भिडियो]

दुइटा ठुला पार्टीहरूले आशा नगरे पनि हुन्छ संविधान त्यसरी संशोधन गर्न हामी दिँदैनौँ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ४ शुक्रबार
jhalnath-khanal-06-05.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले संविधान भित्रका समाजवादी पक्षहरूलाई तलमाथि हुने गरी संशोधन गरे राष्ट्रव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान बनाएको ९ वर्ष पूरा भएको भन्दै संविधान संशोधन गर्ने नाममा समाजवादी पक्षहरूलाई तलमाथि गर्ने कुरा सह्य नहुने बताए । 

उनले संविधान एउटा सम्झौता भएकाले संविधानको रक्षाका लागि आन्दोलन गर्ने घोषणा गरे । उनले संविधानमा भएका पुँजीवादी र काम नलाग्ने कुरालाई हटाउन आवश्यक रहेको बताए । काम नलाग्ने कुराहरूलाई क्रमिक रूपले संशोधन गर्दै जानुपर्ने बताए । उनले संविधानमा भएका प्रगतिवादी कुराहरूमध्ये कुनै पनि कुराहरूलाई पश्चगामी ढङ्गले संशोधन गर्न प्रयत्न गरे देशमा अर्को जनआन्दोलन निम्तिने बताए । 

उनले भने, ‘यो संविधान बनाएको ९ वर्ष भयो । हिजो मात्रै संविधान दिवस मनायौँ । यो संविधान एउटा सम्झौताको संविधान हो । यो संविधानभित्र पुँजीवाद पनि छ, समाजवाद पनि छ । दुई वटै कुराहरू छन् । हामी यो संविधान भित्रका समाजवादी पक्षहरूलाई तलमाथि कसैले गर्छ भने हामी त्यसका विरुद्ध फेरि राष्ट्रव्यापी आन्दोलन गर्छौँ । यो संविधानको रक्षाका लागि । यो संविधानमा भएका पुँजीवादी कुराहरू, केही काम नलाग्ने कुराहरू पनि छन् । ती काम नलाग्ने कुराहरूलाई क्रमिक रूपले संशोधन गर्दै जानुपर्छ । तर संविधानलाई अहिले संशोधन गर्नुपर्छ भन्ने जुन होहल्ला यो देशका ठुला हौँ भन्ने दुई वटा पार्टीहरूले चलाइरहेका छन्, यदि त्यो संविधानमा भएका प्रगतिवादी कुराहरूमध्ये कुनै पनि कुराहरूलाई पश्चगामी ढङ्गले संशोधन गर्न प्रयत्न गरिन्छ भने त्यसले यो देशमा अर्को जनआन्दोलन निम्त्याउनेछ । दुइटा ठुला पार्टीहरूले आशा नगरे पनि हुन्छ । त्यो संविधान त्यसरी संशोधन गर्न हामी दिँदैनौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ