arrow

दुर्गा प्रसाईंलाई निशर्त रिहा गर्न कांग्रेस सांसद डा शर्माको माग [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ६ आइतबार
sunil-sharma-06-07.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा सुनीलकुमार शर्माले मेडिकल व्यवसायी एवं सामाजिक अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेकोप्रति आपत्ति जनाएका छन् । उनले प्रसाईंको गिरफ्तारीको भर्त्सना गर्दै तत्काल निशर्त रिहाइको माग गरेका छन् । 

उनले भनेका छन्, 'सरकारले जनतालाई डेलिभरि दिने, समयसापेक्ष जनताका पक्षमा काम गर्ने जिम्मेवारी बिर्सेर सरकारका गलत कामका विरुद्ध बोल्ने, सरकारलाई खबरदारी गर्ने अभियन्ताको बोली बन्द गराउने गलत नियतले दुर्गा प्रसाईंजीलाई गिरफ्तार गरिनु राज्य आतंक हो ।'

उनले अगाडि भनेका छन्, 'लोकतन्त्रमा स्वतन्त्र अभिव्यक्ति दिने हरेक नेपाली नागरिकको अधिकार हो । सरकारलाई हेक्का रहोस्, दैनिक विदेशिन परेका हजारौँ युवाको विवशता, कर्णालीमा तुइनबाट खसेर मृत्युवरण हुनुपरेको विद्ममान परिस्थिति र  स्वदेशमा मेडिकल, नर्सिङ पढ्न नपाएर अरबौँ रकम विदेशिन परेको  वर्तमान परिस्थितिबारे सरकार अन्धो छ । तर गरिब र निमुखाहरुको आवाज बोक्ने अभियन्ता दुर्गा प्रसाईलाई गिरफ्तार गर्नतर्फ सरकारको ध्यान छ । यो भन्दा ठूलो राज्य अपराधीकरण के हुन्छ ?'

उनले अगाडि भने, 'तत्काल सरकार र राज्यका जिम्मेवार निकायमा बसेका शासकहरुलाई सुध्रिन ध्यानाकर्षण गर्दछु । लोकतन्त्रको घाँटी निमोठ्ने काम बन्द गरियोस् । तत्काल सामाजिक अभियन्ता दुर्गा प्रसाईको निशर्त रिहाईको माग गर्दछु ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ