arrow

माछापुच्छ्रे टी-२० क्रिकेट लिग सिजन-३ शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ८ मंगलबार
pokhara-phinix.jpg

पोखरा । माछापुच्छ्रे क्रिकेट क्लवको आयोजनामा माछापुच्छ्रे टी-२० क्रिकेट लिग सिजन-३ शुरु भएको छ ।

प्रतियोगितामा पोखरा फिनिक्सले विजयी शुरुआत गरेको छ । लेखनाथस्थित इडन हेवन्स क्रिकेट मैदानमा भएको खेलमा फिनिक्सले कुश्मा वारियर्सलाई आठ विकेटले पराजित गरेको हो ।

टस जितेर बलिङ गरेको फिनिक्सले कुश्मा वारियर्सलाई १७ ओभरमा ८४ रनमा समेटेको थियो । कुश्माको तर्फबाट दोर्जे लामाले २२ तथा विकास क्षेत्रीले १८ रन जोडे ।

फिनिक्सका विनोद नेपालीले चार ओभरमा पाँच रन खर्चिएर चार विकेट लिए । यस्तै, उमेश कुँवर र अमृत लामिछानेले समान दुई, दुई विकेट लिए ।

पोखरा फिनिक्सले खेल आफ्नों पक्षमा पार्ने क्रममा १५दशलमव५ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

फिनिक्सको तर्फबाट उपकप्तान प्रथम श्रीवास्तवले २४, अमृत लामिछानेले २३ तथा म्यान अफ द म्याचसमेत बनेका विनोद नेपालीले अभिजित १७ रन बनाए ।

प्रतियोगिताको अर्को खेलमा सि एण्ड डी वारियर्सले एभरेष्ट क्रिकेट क्लबमाथि ५८ रनको फराकिलो जित निकाल्यो । व्याटिङको निमन्त्रणा पाएको वारियर्सले पूरा २० ओभर खेल्दै नौ विकेटको क्षतिमा एक सय २० रनको योगफल तयार पार्यो ।

वारियर्सका लागि कप्तान प्रविण ढकालले २५, प्रदीप पौडेलले २१ तथा गोरे जिटी र अनिष खड्का दुवैले १८ रन जोडे । एभरेष्टका अजय रामले तीन, नियाज अहमद र विटु बैठाले दुई/दुई विकेट लिए ।

जितका लागि एक सय २१ रनको लक्ष्य पच्छ्याएको एभरेष्ट १२दशमलव२ ओभरमा ६२ रनमै समेटिएको थियो ।

एभेरष्टको तर्फबाट प्रदीप माझिले १५, विक्की शर्माले १४ तथा नियाज अहमदले १२ रन जोडे ।

वारियर्सको बलिङमा म्यान अफ द म्याच अब्दुल खलिकले चार ओभरमा १३ रन खर्चिएर तीन विकेट लिए भने सागर बस्यालले दुई विकेट लिए ।

प्रतियोगिताको विजेत टिमले नगद एक लाख रुपैयाँसहित ट्रफी तथा उपविजेता टिमले नगद ५० हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्ने आयोजक क्लब अध्यक्ष अध्यक्ष दीपेश खत्रीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ