arrow

क्यानाडामा खराब खेलेको नेपालको आईसीसी वरीयता खस्कियो 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ९ बुधबार
cricket-nepal-2=81-5-25t.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको एक दिवसीय वरीयतामा नेपाल एक स्थान तल झरेको छ । आईसीसीको नयाँ वरीयतामा एक दिवसीय क्रिकेटमा लगातार हार बेहोरेको नेपाल १७ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १६औँ स्थानमा रहेको थियो ।

त्यस्तै पछिल्ला खेलहरुमा जित हासिल गरेको क्यानाडाले भने चार स्थान सुधार गर्दै १५औं स्थानमा उक्लिएको छ । 

त्यस्तै अमेरिका एक स्थान उक्लिएर नेपाल भन्दा अगाडि १६औँ स्थानमा रहेको छ । त्यस्तै खराब प्रदर्शन गरिरहेको नामिबिया तीन स्थान तल झरेर १८औँ स्थानमा पुगेको छ भने ओमान एक स्थान तल झरेर १९औँ स्थानमा पुगेको छ ।

त्यस्तै एक दिवसीय क्रिकेटको शिर्ष स्थानमा भारत रहेको छ भने दोस्रो स्थानमा अस्ट्रेलिया रहेको छ ।

नेपाल क्यानाडामा भएको त्रिकोणात्मक एक दिवसीय (विश्वकप लिग २) मा बिर्सनयोग्य प्रदर्शन गरेपछि वरीयता झरेको हो । 
   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ