arrow

विश्वकप लिग २ मा क्यानाडा यात्रा नफापेको नेपालले शनिबारदेखि त्रिकोणात्मक टी–२० खेल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ११ शुक्रबार
nepal-cricket-2024a.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । आईसीसी विश्वकप लिग २ क्रिकेट अन्तर्गतको क्यानाडामा भएको श्रृंखला समाप्त भएपछि नेपालले क्यानाडा र ओमानसँग त्रिकोणात्मक टी–२० श्रृंखला खेल्दैछ । 

शनिबार हुने पहिलो खेल नेपाल र क्यानाडाबीच हुने छ । त्यस्तै आइतबार नेपाल र ओमानबीच, सोमबार ओमान र क्यानाडाबीच, मंगलबार नेपाल र क्यानाडाबीच, बुधबार नेपाल र ओमानबीच तथा बिहीबार क्यानडा र ओमानबीच खेल हुने छन् । 

क्यानाडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यी खेलहरु नेपाली समय अनुसार राति ९ः४५ बजेदेखि शुरु हुने छन् ।

विश्वकप लिग २ मा भने नेपाललको क्यानाडा यात्रा खराब रह्यो । नेपालले खेलेका ४ खेलमा केबल १ अंकमात्र बटुल्न सक्यो । तीन खेलमा हार बेहोर्दा नेपालले ओमानसँगको अन्तिम खेल वर्षाले रद्द हुँदा एक अंकमात्र बटुलेको हो । 

यो टी–२० श्रृंखला सकिएपछि नेपाल अमेरिकामा विश्वकप लिग २ खेल्न लाग्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ