arrow

हिजबुल्लाह प्रमुख नसरल्लाह मारिएको इजरायलको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
israel-hezbollah- hamas-war.jpg
तस्बिर : फाइल

काठमाडौँ। इजरायलले हवाई आक्रमणमा हिजबुल्लाह प्रमुख हसन नसरल्लाह मारिएको दाबी गरेको छ। इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हिजबुल्लाहको मुख्यालयमा गरेको आक्रमणमा हिजबुल्लाह प्रमुख नसरल्लाह मारिएको दाबी गरेको हो।

यद्यपि हिज्बुल्लाहले अहिलेसम्म मृत्युको पुष्टि गरेको छैन। नसरल्लाह सन् १९९२ देखि इरान समर्थित सङ्गठन हिजबुल्लाहका सदस्य थिए। उनी संस्थाका संस्थापक सदस्य मध्येका एक थिए। मिडिया रिपोर्टका अनुसार इजरायलले आक्रमण गरेको कमाण्ड सेन्टरको भग्नावशेषमा हिजबुल्लाह प्रमुखकी छोरीको शव पनि फेला परेको बताइएको।

इजरायली सेनाले बेरुत लगायत लेबनानका धेरै क्षेत्रमा मिसाइल आक्रमण जारी राखेको छ। इजरायलले बेरुतको दहियाह सहरमा बसोबास गर्ने मानिसहरूलाई तत्काल इलाका खाली गर्न आग्रह गरेको छ। इजरायली सेनाले भनेको छ कि हिजबुल्लाहले इजरायलमा आक्रमण गर्न यी ठाउँहरू प्रयोग गरिरहेको छ।

यसअघि इजरायलले हिजबुल्लाहका मिसाइल इकाईका प्रमुख मोहम्मद अलि इस्माइल र उनका सहायक हुसेन अहमद इस्माइल पनि मारिएको दाबी गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ