arrow

धादिङको झ्याप्ले खोलाको पहिरोमा अर्को माइक्रो बस भेटियो, तीनको शव निकालियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १३ आइतबार
jhaplekhola-dhading-81-6-13.jpg

धादिङ । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा माइक्रो बस पनि भेटिएको छ । यो माइक्रो बस चितवनबाट आएको बताइएको छ । माइक्रोको नम्बर भने अहिलेसम्म जानकारी भएको छैन ।  माइक्रोबाट तीन जनाको शव बाहिर निकालिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा माइक्रो बस भेटिएको हो । 

शुक्रबार गोरखाबाट काठमाडौँका लागि हिँडेको यात्रु बस र शुक्रबार नै चितवनबाट काठमाडौँका लागि हिडेको माइक्रो बस अहिलेसम्म सम्पर्कविहीन भएको बताइएको थियो ।

यसअघि बुटवलबाट आएको विंगर शनिबार पुरिएको अवस्थामा भेटिएको थियो । सो विंगरमा रहेका १४ यात्रुको शव शनिबार नै निकालिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ