arrow

तोडियो नेपालको हारको श्रृंखला, ओमानमाथि ३७ रनले विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १४ सोमबार
nepal-t20-24-9-30.jpg

काठमाडौँ । क्यानाडा भ्रमणमा रहेको नेपालको हारको श्रृंखला तोडिएको छ । नेपालले ओमानमाथि जित हासिल गरेको छ । गएराति सम्पन्न त्रिकोणात्मक टी–२० श्रृंखला अन्तर्गतको खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो ।

नेपालले दिएको १७७ रनको लक्ष्य ओमान १९.१ ओभरमा अल आउट हुँदै १३९ रन मात्र बनाएपछि नेपाल ३७ रनले विजयी भएको हो ।

ओमानका लागि शोएब खानले सर्वाधिक ४५ रन बनाए भने राफिउल्लले ३३ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर करण केसीले ३ विकेट लिएका थिए भने कुशल भुर्तेल र गुल्सन झाले २–२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ४० रन बनाए भने कुशल मल्लले ३०, अनिल शाह र आसिफ सेखले २७–२७, कुशल भुर्तेलले २० तथा दिपेन्द्र सिंह ऐरीले ५ बलमा १८ रन बनाएका थिए ।

यो नेपालको श्रृंखलामा दोस्रो खेलमा पहिलो जित हो । यसअघि पहिलो खेलमा नेपाल क्यानाडासँग १४ रनले पराजित भएको थियो । 

यसअघि विश्वकप लिग २ मा नेपालले क्यानाडासँग दुवै खेल हारेको थियो भने ओमानले एक खेल जितेको थियो भने एक खेल वर्षाले अवरुद्ध भएको थियो । 

अब नेपालले टी–२० श्रृंखलाको तेस्रो खेलमा नेपालले मंगलबार क्यानाडासँग र बुधबार ओमानसँग खेल्ने छ ।
     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ