arrow

टी–२० क्रिकेट श्रृंखलामा नेपालले क्यानाडासँग खेल्दै, जितले नेपालको फाइनल मजबुत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १५ मंगलबार
nepal-canada-24-9-16w.jpg

काठमाडौँ । क्यानाडामा जारी त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखलामा आज नेपालले क्यानाडासँग खेल्दैछ । खेल राति ९ः४५ बजे शुरु हुनेछ । अहिलेसम्म तीन ओटै टिमले दुई–दुई खेल खेलेका छन् । जसमा सबैले एक खेल जितेका छन् भने एक खेल हारेका छन् । जसका कारण नेपाल २ अंकसहित शीर्ष स्थानमा रहेको छ । 

नेपालले पहिलो खेलमा क्यानाडासँग हार बेहोरेको थियो भने दोस्रो खेलमा ओमानलाई हराएको थियो । त्यस्तै क्यानाडाले पहिलो खेलमा नेपाललाई हराउँदा दोस्रो खेलमा गएराति ओमानसँग हार बेहोरेसँगै पुछारमा झरेको छ । 

आजको जितले नेपालको फाइनल मजबुत हुनेछ ।

गएराति सम्पन्न खेलमा ओमानले क्यानाडालाई ८ विकेटले पराजित गरेको हो ।

क्यानाडाले दिएको १०७ रनको लक्ष्य ओमानले १५ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले १९.५ ओभरमा अल आउट हुँदै १०६ रन बनाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ