arrow

क्यानाडामा जारी टी–२० को अन्तिम खेलमा नेपालले ओमानसँग खेल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १६ बुधबार
nepal-t20-24-10-1.jpg

काठमाडौँ । नेपालले आज क्यानाडामा जारी त्रिकोणात्मक टी–२० श्रृंखला अन्तर्गत ओमानविरुद्ध खेल्दै छ । श्रृंखलाको पहिलो खेलमा क्यानाडासँग पराजित भएको नेपाल, दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो भने तेस्रो खेलमा क्यानाडासँग पराजित भएको थियो ।

नेपालको यस श्रृंखलामा यो अन्तिम खेल हो । ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९ः४५ बजेदेखि शुरु हुने छ ।

नेपाल र ओमानबीच अहिलेसम्म कुल ७ टी–२० खेल भएका छन्, जसमा नेपालले ४ र ओमानले ३ खेल जितेको छ ।

नेपालको क्यानाडा यात्रा खासै फलदायी हुन सकेको छैन । विश्वकप लिग २ का तीन खेल हारेको नेपालले एक खेल वर्षाले गर्दा एक अंक जोड्न सकेको थियो । 

टी–२० मा ओमानलाई हराएको नेपालले क्यानाडासँग दुवै खेल हारेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ