arrow

आईसीसीको टी–२० अलराउण्डरको वरीयतामा दोस्रो स्थानमा उक्लिए दीपेन्द्र

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १६ बुधबार
dipendra-singh-airee.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको टी–२० अलराउण्डरको वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन् ।

आईसीसीले बुधबार जारी गरेको नयाँ वरियतामा दीपेन्द्र चार स्थानको छलाङ मार्दै दोस्रो स्थानमा उक्लिएका हुन् । उनी यसअघि छैटौं स्थानमा थिए ।

त्यस्तै अलराउण्डरको शीर्ष स्थानमा भने इङ्गल्याण्डका लियाम लिभिङस्टोन रहेका छन् ।

यस सूचीमा तेस्रो स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस, चौथो स्थानमा जिम्बावेका सिकन्दर राजा, पाँचौँ स्थानमा श्री लंकाका वानिन्दु हसरंगा , छैटौँ स्थानमा अफगानिस्तानका मोहम्मद नवी, सातौँ स्थानमा भारतका हार्दिक पाण्डेया रहेका छन् ।

यस सूचीमा नेपालका कुशल मल्ल ६ स्थान तल झर्दै ४०औँ स्थानमा पुगेका छन् ।

त्यस्तै नेपालका गुल्सन झाले अलराउण्डरको वरीयतामा ११ स्थानको सुधार गर्दै ५३औँ स्थानमा उक्लिएका छन् । त्यस्तै नेपालका कप्तान रोहित पौडेल पनि ५३औँ स्थानमै छन् ।           



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ