arrow

लुम्बिनीका पाँच जिल्लामा गाईभैँसीमा कृत्रिम गर्भाधान निःशुल्क

logo
मणिप्रसाद गैह्रे, 
प्रकाशित २०८१ असोज १६ बुधबार
inciminator-cow-buffalo.jpg

कपिलवस्तु । लुम्बिनी प्रदेश सरकारले गाईभैँसीबाट उत्पादन हुने दूधको उत्पादकत्व वृद्धि गर्नको लागि ५ जिल्लामा पशुहरुमा कृत्रिम गर्भाधान कार्यक्रम निःशुल्क गर्ने भएको छ । 

आर्थिक वर्ष २०८१–८२ को लागि सरकारले कार्यविधि तयार गरी तत्काल कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुद्धारा तौलिहवामा आयोजित इन्सिमिनेटर गोष्ठी कार्यक्रमा पशु विकास निर्देशक डा प्रवेज आलमले यस्तो बताएका हुन् । 

गाईभैँसीमा कृत्रिम गर्भाधान गराई उन्नत जातको बीज मार्फत दूधको उत्पादकत्व वृद्धि गर्न किसानको घरदैलोमा पुगेर सेवा दिने गरी यो कार्यक्रम संचालनमा आएको निर्देशक आलमले बताए । 

प्रदेश सरकारले कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी र प्यूठान जिल्लामा यसै वर्षमा पाइलट प्रोजेक्टको रुपमा यो कार्यक्रमलाई अगाडि सारेको छ । त्यसको लागि पहाडी जिल्लामा इसिन्समेनेटरलाई ६ सय पारिश्रमिक र तराईका जिल्लामा ४ सय पारिश्रमिक दिने व्यवस्था मिलाइएको छ ।  

किसानहरुको लागि वंश सुधार र उत्पादन वृद्धि गर्नका लागि यो कार्यक्रम सरहानीय रहेको जिल्ला समन्वय समितिका संयोजक बाबुराम आर्चायले बताए । 

साथै उनले सरकारले किसानको प्रत्यक्ष फाइदा हुने गरी लागू हुने गरी संचालनमा ल्याएको यो कार्यक्रम महत्वपूर्ण रहेको बताए ।  

त्यस्तै कार्यक्रममा जिल्ला समन्यव अधिकारी जनार्दन अधिकारीले स्थानीय तह तथा यसमा संग्लन प्राविधिकहरुले तत्काल सेवा भावले किसानहरुको सहयोग र उत्पादनमा सघाउ हुने यो कार्यक्रमलाई सफल पार्नुपर्ने बताए । 

पशु  प्रजनन केन्द्र नेपालगन्जका पशु विकास अधिकृत डा खिमानन्द खनालले कृत्रिम गर्भाधारणको लागि आवश्यक पर्ने साम्रगी तथा तापक्रम र सही समय यकिन गरी किसानहरुलाई गुणस्तरीय सेवा दिनुपर्ने बताए । 

साथै खनालले प्रदेश सरकारको लगानीको सदुपयोग गरी किसानहरुको उत्पादनमा सहयोग गर्नुपर्ने बताए । कपिलवस्तुको लागि यस वर्ष ७ हजार गाईभैँसीमा निःशुल्क कृत्रिम गर्भधारण सेवा दिने र त्यसको लागि २८ लाख बजेट विनियोजन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पशु विकास निर्देशक डा प्रवेज आलमले बताए । 

कार्यक्रममा मत्स्य विकास अधिकृत महेन्द्र यादव, वाणगंगा नगरपालिकाका शाखा प्रमुख राजकुमार तिवारी, कपिलवस्तु नगरपालिकाका भोजराज खनाल, पाराभेट मोतीप्रसाद पोखरेल लगायतले कृत्रिम गर्भाधान सेवाको बारेमा बोलेका थिए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ