arrow

महिला टी–२० विश्वकपमा पाकिस्तान र बंगलादेशको विजयी शुरूआत, भारतले आज खेल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १८ शुक्रबार
bangaladesh-women-t20.jpg

काठमाडौँ । यूएईमा बिहीबारदेखि शुरू भएको आईसीसी महिला टी–२० विश्वकपमा बंगलादेश र पाकिस्तानले विजयी शुरूआत गरेका छन् । उद्घाटन खेलमा बंगलादेशले स्कटल्याण्डलाई १६ रनले पराजित गर्दै विजयी शुरूआत गरेको हो ।

बंगलादेशले दिएको १२० रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले २० ओभरमा ७ विकेट गुमाउँदै १०३ रनमात्र बनाउन सकेको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउँदै ११९ रन बनाएको थियो । आईसीसी विश्वकपमा १० वर्षपछि बंगलादेशको महिला टिमले पहिलो जित हासिल गरेको छ । बंगलादेशले २०१४ पछि विश्वकपमा जित हासिल गरेको थिएन ।

अर्को खेलमा पाकिस्तानले श्रीलंकालाई ३१ रनले हरायो । पाकिस्तानले पहिले ब्याटिङ गर्दै ११६ रन बनायो भने जवाफमा श्रीलंकाले ९ विकेटको क्षतिमा ८५ रन बनाउन सक्यो । 

यो समूहमा पाकिस्तान र श्रीलंकासँगै भारत, अष्ट्रलिया र न्यूजिल्याण्ड रहेका छन् । 

अर्को समूहमा बंगलादेश, स्कटल्याण्ड, इङ्गल्याण्ड, दक्षिण अफ्रिका र वेष्ट इन्डिज रहेका छन् । 

आजका खेल
आज दुई खल हुँदैछन् । पहिलो समूहको खेलमा भारतले न्यूजिल्याण्डसँग बेलुकी ७ः४५ बजे खेल्नेछ भने दिउँसो ३ः४५ बजे दक्षिण अफ्रिका र वेष्ट इन्डिज खेल्नेछन् । 

      



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ