arrow

महिला टी–२० विश्वकपमा भारतको कमजोर शुरुआत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १९ शनिबार
ind-nz-qomen-t20.jpg

काठमाडौँ । यूएईको दुबईमा जारी आइसीसी महिला टी–२० विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले विजयी शुरुआत गर्दा भारतले कमजोर शुरुआत गरेको छ । गएराति सम्पन्न खेलमा न्यूजिल्याण्डले भारतलाई ५८ रनले पराजित गरेको हो ।

न्यूजिल्याण्डले दिएको १६१ रनको लक्ष्य पछ्याउने क्रममा भारतले १९ ओभरमा अल आउट हुँदै १०२ रन मात्र बनाएको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको न्यूजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाउदै १६० रन बनाएको थियो ।

अब न्यूजिल्याण्डले अर्को खेल मंगलबार अस्ट्रेलियाविरुद्ध खेल्ने छ भने भारतले आइतबार पाकिस्तानविरुद्ध खेल्ने तालिका छ । 

शुक्रबारको अन्य खेलमा दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई १० विकेटले हरायो ।

आज अष्ट्रेलियाले श्रीलंकासँग दिउँसो ३ः४५ बजे खेल्नेछ भने बंगलादेशले इङ्गल्याण्डसँग ७ः४५ बजे खेल्नेछ । 

   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ