arrow

पाकिस्तानमाथि भारतको सनसनीपूर्ण जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २० आइतबार
ind-pak-worldcup-women-2024.jpg

काठमाडौँ । यूएईमा जारी आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो ।

पाकिस्तानले दिएको १०६ रनको सामान्य लक्ष्य भारतले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । शेफाली बर्माले ३२ तथा कप्तान हर्मनप्रित कौरले रिटायर्ड हर्ट हुनुपूर्व २९ रन बनाइन् । 

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै १०५ रन बनाएको थियो । निडा डारले २८ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा अरुणधती रेड्डीले ३ विकेट लिइन् । 

समुह ए मा रहेको भारतको यो दोस्रो खेलमा पहिलो जित हो । यस अघि भारत न्यूजिल्याण्डसँग पराजित भएको थियो । त्यस्तै पाकिस्तानको पनि यो दोस्रो खेलमा पहिलो हार हो । पाकिस्तानले यसअघि पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो ।

अब भारतले अर्को खेल बुधबार श्रीलंकाविरुद्ध खेल्ने छ भने पाकिस्तानले शुक्रबार अस्ट्रेलियाको सामना गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ