- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काठमाडौँको डुवान क्षेत्र सुकुम्बासी बस्तीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
मिसन स्माइल नेपालीको आयोजनामा भएको शिविरमा दुई सय ५२ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
उक्त शिविरमा सुगर र डेंगी परीक्षणसमेत भएको थियो । सात चिकित्सकको टोलीले बिरामीको उपचार गरेको थियो ।
डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।