arrow

महिला टी–२० विश्वकपमा इङ्गल्याण्ड सेमिफाइनलको बलियो दावेदार बन्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २२ मंगलबार
england-t20-worldcup-women.jpg

काठमाडौँ । यूएईमा जारी आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा इङ्गल्याण्डले लगातार दोस्रो जित हासिल गर्दै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । इङ्गल्याण्डले दक्षिण अफ्रिकालाई पराजित गरेको हो ।

सोमबार राति सम्पन्न खेलमा इङ्गल्याण्डले दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको हो । दक्षिण अफ्रिकाले दिएको १२५ रनको लक्ष्य इङ्गल्याण्डले १९.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो ।

यसअघि दक्षिण अफ्रिकाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १२४ रन बनाएको थियो ।

योसँगै इङ्गल्याण्डले लागातार दोस्रो जित हासिल गरेको छ र समूह बी मा २ खेलमा ४ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै पहिलो खेलमा जित हासिल गरेको दक्षिण अफ्रिकाले दोस्रो खेलमा हार बेहोरेको छ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ