arrow

राष्ट्रपतिद्वारा शक्तिपीठको दर्शन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २५ शुक्रबार
ramchandra.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकाका महत्त्वपूर्ण शक्तिपीठहरुको दर्शन गरेका छन्। शुक्रवार राष्ट्रपति पौडेलले काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, सङ्कटा, नरदेवी पुगेर पूजा आराधना र दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरेका हुन् । 

दशैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रही आएको छ । वडा दशैँको आठौँ दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ । काठमाडौं उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, सङ्कटा आदि शक्ति पीठमा पूजा अर्चना गर्ने प्रचलन अनुरुप दर्शनार्थीको घुइँचो थियो । 

त्यसैगरी, राजधानी बाहिरका चर्चित शक्ति पीठमा पनि आज महागौरी भगवतीको पूजा अर्चना गरेर महाष्टमी मनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ