arrow

भारतले बंगलादेशमाथि गर्‍यो क्लिन स्वीप

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २७ आइतबार
t20-ijndia-vs-bang-24-10-13.jpg

काठमाडौँ । भारतले बंगलादेश विरुद्धको टी–२० क्रिकेट श्रृंखलामा क्लिन स्वीप गरेको छ  ।  गएराति सम्पन्न सिरिजको तेस्रो खेलमा भारतले बंगलादेशलाई १३३ रनले पराजित गर्दै श्रृंखला ३–० ले जितेको हो  । 

भारतले दिएको २९८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउँदै १६४ रन बनाएको थियो  । 

बंगलादेशका लागि टोहिद हृदयले अविजित ६३ रन बनाएका थिए भने लिटन दासले ४२ रन बनाएका थिए ।

यसअघि पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर २९७ रन बनाएको थियो  ।  भारतका लागि सन्जु सामसनले ४७ रनमा १११ रनको शतकीय इनिङ्स खेलेका थिए भने कप्तान सूर्यकुमार यादवले ३५ बलमा ७५, हार्दिक पाण्डेयाले १८ बलमा ४७, रियान परागले १३ बलमा ३४ रन बनाएका थिए  । 

यो जितपछि भारतले तीन खेलको श्रृंखला ३–० ले जितेको छ  । यस खेलको प्लेयर अफ द म्याच सन्जु सामसन बने बने । प्लेयर अफ द सिरिज हार्दिक पाण्डेया बनेका छन् । 
       



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ