arrow

अस्ट्रेलिया महिला टी–२० विश्वकपको सेमिफाइनलमा, भारत संकटमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २८ सोमबार
ind-aus-woment20.jpg

काठमाडौँ । यूएईमा जारी आईसीसी महिला टी–२० विश्वकपको समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाले भारतलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई ९ रनले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको १५२ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रनमात्र बनाएको थियो । 

कप्तान हर्मनप्रित कौरको अविजित ५४ रनको मद्धतले पनि टिमले जित निकाल्न सकेन । 

यसअघि पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाउदै १५१ रन बनाएको थियो । 

ग्रेस ह्यारिसले ४० रन बनाएको इनिङ्समा भारतकी रेनुका सिंह र दिप्ती शर्माले २–२ विकेट लिए । 

यो जितसँगै अस्ट्रेलिया समूह एमा लागातार चार जितसहित शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ ।

त्यस्तै यो हारपछि भारतको सेमिफाइनल यात्रा भने संकटमा परेको छ । भारतले ४ खेलमा २ हार र दुई जित हासिल गरेको छ । अब समुह ए बाट सेमिफाइनलमा पुग्ने अर्को देशको टुंगो आज हुने न्यूजिल्याण्ड र पाकिस्तानबीचको खेलपछि लाग्ने छ । 

यो खेल न्यूजिल्याण्डले जितेमा सेमिफाइनलमा पुग्नेछ भने पाकिस्तानले जितेमा भारतको सम्भावना रहने देखिन्छ ।
    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ