arrow

महिला टी–२० विश्वकपको सेमिफाइनल समीकरण यसरी हुँदैछ पूरा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २९ मंगलबार
t20-women-nz.jpg

काठमाडौँ । न्यूजिल्याण्ड यूएईमा जारी आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । गएरातिको समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई ५४ रनले पराजित गर्दै न्यूजिल्याण्ड समूह ए बाट सेमिफाइनलमा पुगेको हो ।

न्यूजिल्याण्डले दिएको १११ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ११.४ ओभरमा अलआउट हुँदै ५६ रनमात्र बनाएको थियो ।

यसअघि न्यूजिल्याण्डले पहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर ११० रन बनाएको थियो ।

यो जितपछि न्यूजिल्याण्डको समूह ए मा ४ खेलमा ६ अंक भएको छ र समूहमा दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ । समुह ए बाट ८ अंकसहित अपराजित रहँदै अस्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।

योसँगै समुह ए बाट भारत, पाकिस्तान र श्रीलंका बाहिरिएका छन् । अब समूह बीबाट सेमिफाइनलमा पुग्ने देशको टुंगो आज लाग्दैछ ।    

आज इङ्गल्याण्ड र वेष्ट इन्डिजबीच भिडन्त हुँदैछ । जित्ने टिम सेमिफाइनलमा पुग्नेछ । अहिले ३–३ खेलबाट इङ्गल्याण्डको ६ तथा वेष्ट इन्डिजको ४ अंक छ । ४ खेलबाट दक्षिण अफ्रिकाको ६ अंक छ । 

यदि इङ्गल्याण्ड विजयी भयो भने इङ्गल्याण्ड र दक्षिण अफ्रिका सेमिफाइनलमा पुग्नेछन् भने वेष्ट इन्डिज विजयी भयो भने वेष्ट इन्डिज सेमिफाइनलमा पुग्नेछ भने इङ्गल्याण्ड र दक्षिण अफ्रिकामध्ये एक टिम सेमिफाइनलमा पुग्नेछ । नेट रन रेटमा इङ्गल्याण्डको १.७१६ तथा दक्षिण अफ्रिकाको १.३८२ रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ