arrow

महिला टी–२० विश्वकपको सेमिफाइनलको समीकरण पूरा, बाहिरियो इङ्गल्याण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३० बुधबार
wi-women-t20-wc-24.jpg

काठमाडौँ । यूएईमा जारी आईसीसी महिला टी–२० विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । समूह चरणका खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो ।

समूह ए बाट अस्ट्रेलिया र न्यूजिल्याण्ड सेमिफाइनलमा पुगेका छन् भने समूह बी बाट वेस्ट इन्डिज र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका हुन् ।

समुह ए बाट भारत, पाकिस्तान र श्रीलंका तथा समूह बीबाट इङ्गल्याण्ड, बंगलादेश र स्कटल्याण्ड समूह चरणबाटै बाहिरिएका छन् ।

अन्तिम खेलअघि समूहको शीर्ष स्थानमा रहेको इङ्गल्याण्ड वेष्ट इन्डिजसँग ६ विकेटले पराजित भएसँगै बाहिरिएको हो । यो खेलपछि समान ६ अंकमा रहेका वेष्ट इन्डिज पहिलो र दक्षिण अफ्रिका दोस्रो भयो भने नेट रन रेटमा इङ्गल्याण्ड तेस्रो स्थानमा झरेर बाहिरियो ।

अब सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका तथा न्यूजिल्याण्ड र वेस्ट इन्डिज खेल्ने भएका छन् । पहिलो सेमिफाइनल खेल अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच बिहीबार हुनेछ भने दोस्रो सेमिफाइनल खेल शुक्रबार न्यूजिल्याण्ड र वेस्ट इन्डिजबीच हुनेछ ।

त्यस्तै फाइनल खेल आइतबार हुने तालिका रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ