arrow

महिला टी–२० विश्वकपको सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १ बिहिबार
t20-wc-w-aus-sa.jpg

काठमाडौँ । यूएईमा जारी आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेल आज हुँदैछ ।

सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै छन् । यो खेल नेपाली समय अनुसार बेलुकी ७ः४५ बजेदेखि शुरु हुँदैछ ।

अस्ट्रेलिया प्रतियोगितामा अपराजित रहँदै समूह ए को विजेता हुँदै सेमिफाइनलमा पुगेको हो भने दक्षिण अफ्रिका समूह बीको उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो ।

समुह चरणमा ४ खेल खेलेको दक्षिण अफ्रिकाले इङल्याण्डविरुद्ध हार बेहोरेको थियो ।

त्यस्तै दोस्रो सेमिफाइनल खेल भने शुक्रबार हुँदैछ । दोस्रो सेमिफाइनलमा वेस्ट इन्डिज र न्यूजिल्याण्ड खेल्दै छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ