arrow

पुबुदु दासानायके नेपाली राष्ट्रिय क्रिकेट टिमको मेन्टरमा नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १ बिहिबार
pubudu-dasanayake.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदु दासानायके मेन्टरमा नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले दासानायके नेपाली राष्ट्रिय टिमको मेन्टरमा नियुक्त भएको जानकारी दिएको छ । उनले अमेरिकामा हुने आईसीसी लिग २ को खेलहरूमा मेन्टरको भूमिका निर्वाह गर्ने भएका छन् । 

नेपालले कार्तिक ११ गतेदेखि अमेरिका र स्कटल्यान्डविरुद्ध लिग २ का खेलहरू खेल्दैछ । त्यसअघि नेपालले अमेरिकाविरुद्ध तीन खेलको टी– २० श्रृंखला खेल्दै छ । पहिलो खेल शुक्रबार बिहान ५ः४५ बजे हुँदैछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ