arrow

नेपाल–अमेरिका मैदानमा

रोहितको कप्तानी इनिङ्समा नेपालले अमेरिकालाई दियो १६५ रनको चुनौती 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २ शुक्रबार
t20-nepal-usa-24-10-18.jpg

काठमाडौँ । नेपाल र अमेरिकाबीचको टी–२० क्रिकेट श्रृंखला शुरु भएको छ । अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा जारी रहेको पहिलो खेलमा नेपालले अमेरिकालाई १६५ रनको चुनौती दिएको छ । 

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले खेलेको कप्तानी इनिङ्ससँगै अमेरिकाले १६५ रनको चुनौती पाएको हो । 

रोहितले रन आउट हुनुपूर्व ३३ बलमा ४९ रन बनाए । अन्य खेलाडीहरुमा दिपेन्द्र सिंह ऐरीले १७ बलमा २८ रन जोडे । त्यस्तै ओपनरद्धय आसिफ शेख र अनिल साहले समान २७ रन बनाएका छन् । 

नेपाल र अमेरिकाबीच यसअघि सन् २०१५ मा एक मात्र टी–२० खेल भएको थियो । टी–२० विश्वकप छनोट अन्तर्गतको सो खेल नेपालले जितेको थियो । त्यसयता नेपाल र अमेरिकाबीच टी–२० खेल भएको छैन । 

यस खेलका लागि नेपाली स्पिनर सन्दीप लामिछाने भने उपलब्ध हुने छैनन् । सन्दीप अमेरिकाको भिसा नपाएका कारण क्यानडाबाट नेपाल फर्किएका छन् । क्यान स्रोतका अनुसार सन्दीपको भिसा प्रक्रिया शुरु भए पनि अहिलेसम्म भिसा प्राप्त भएको छैन ।

यसअघि पनि अमेरिकाले सन्दीपलाई भिसा दिएको थिएन । उनलाई भिसा दिन जतिसुकै राजनीतिक स्टन्ट गरिएको भए पनि उनको आनीबानी र व्यवहारलाई आधार मानेर अमेरिकाले भिसा दिन अस्वीकार गर्दै आएको बुझिन्छ । 

नेपालले श्रृंखलाको दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार खेल्ने तालिका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ