arrow

श्रीलंकाले वेस्ट इन्डिज विरुद्धको टी–२० श्रृंखला २–१ ले जित्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २ शुक्रबार
srilanka-champion-t20-wi.jpg

काठमाडौँ । श्रीलंकाले वेस्ट इन्डिज विरुद्धको टी–२० क्रिकेट श्रृंखला २–१ ले जितेको छ । गएराति सम्पन्न श्रृंखलाको तेस्रो खेल ९ विकेटले जितेसँगै श्रीलंकाले श्रृंखला २–१ ले जितेको हो ।

अन्तिम खेलमा वेस्ट इन्डिजले दिएको १६३ रनको लक्ष्य श्रीलंकाले १८ ओभरमा एक विकेट गुमाउँदै पूरा गरेको थियो ।

श्रीलंकाको जितमा कुसल मेन्डिजले अविजित ६८ रन बनाएका थिए भने कुसल परेराले ५५ रन बनाएका थिए । त्यस्तै पाथुम निसान्काले ३९ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि कप्तान रोभमन पावेलले सर्वाधिक ३७ रन बनाए भने गुडाकेश मोतीले ३२ र ब्राण्डन किंगले २३ रन बनाएका थिए ।

पहिलो खेल वेस्ट इन्डिजले ५ विकेटले जितेको थियो भने दोस्रो खेल श्रीलंकाले ७३ रनले जितेको थियो ।

अब श्रीलंका र वेस्ट इन्डिजबीच तीन खेलको एक दिवसीय श्रृंखला हुने छ । पहिलो खेल आइतबार हुने तालिका रहेको छ ।
     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ