arrow

महिला टी–२० विश्वकपको सेमिफाइनलमा वेस्ट इन्डिज र न्यूजिल्याण्ड भिड्दै, उपाधि भिडन्त दक्षिण अफ्रिकासँग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २ शुक्रबार
t20-woment-nz-wi-24.jpg

काठमाडौँ । महिला टी–२० विश्वकपको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ । यो खेल वेस्ट इन्डिज र न्यूजिल्याण्डबीच शारजाह क्रिकेट स्टेडियममा बेलुकी ७ः४५ बजेदेखि हुनेछ ।

यो दोस्रो सेमिफाइनलको विजेता टोलीले आइतबार दुबईमा हुने फाइनल खेलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

यस प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा अष्ट्रेलियालाई पराजित गर्दै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरेको हो । 

सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका फाइनलमा पुगेको हो ।

अस्ट्रेलियाले दिएको १३५ रनको लक्ष्य दक्षिण अफ्रिकाले १७.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै १३४ रन बनाएको थियो ।

६ पटकको विश्वकप विजेता अस्ट्रेलिया २००९ पछि पहिलोपटक सेमिफाइनलबाट बाहिरिएको छ । 

यदि दक्षिण अफ्रिकी टोलीले अक्टोबर २० मा हुने फाइनल खेल जित्यो भने त्यो देशको पहिलो आईसीसी उपाधि हुनेछ।

यसअघि वेस्ट इन्डिजले समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्डलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने न्यूजिल्यान्डले पाकिस्तानलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । 

यसअघि आठ विश्वकपमा अस्ट्रेलियाले ६ तथा वेस्ट इन्डिज र इङल्याण्डले एक एक पटक महिला टी–२० विश्वकपको उपाधि जितेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ