arrow

बिरालो सेतो वा कालो जे भए पनि मुसा मार्नु पर्‍यो - प्रचण्ड [भिडियो]

राजनीतिक स्थायित्वको अभावमा मुलुक बन्न नसकेको निष्कर्ष

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २ शुक्रबार
prachanda-07-02.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक स्थायित्वको अभावमा मुलुक निर्माण हुन नसकेको बताएका छन् । नेपालले सोचेजस्तो प्रगति गर्न नसक्नुका राजनीतिक अस्थिरता हो भनेर हच्किच्याउन नहुने प्रचण्डको दाबी थियो । 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले धनी पुँजीपतिहरूलाई उही मान्छे भनेर नठान्दासम्म मुलुकले आर्थिक विकास गर्न नसक्ने अनुभूति पनि सुनाए । राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रले व्यवसायीहरू, धनी पुँजीपतिहरू हुन् भन्ने ठान्दासम्म मुलुकको विकास हुन नसक्ने बताए । उनले निजी क्षेत्र र सरकार एकै ठाउँमा उभिन वातावरण नबन्दासम्म मुलुकको अर्थतन्त्रले लय पक्रन सक्ने अवस्था नरहेको पनि बताए । 

प्रचण्डले भने, ‘हामीसँग साधन स्रोतको कमी भएर पनि होइन । अध्ययनशील जनमतको जनशक्तिको भएर पनि होइन । बिजनेस अनुभव भएका त्यस्ता इन्टरप्रिनियरहरुको कमी भएर पनि होइन । फेरि पनि हामीले किन सोचेजस्तो प्रगति गर्न सकेको छैनौँ भन्दा ओभर पोलिटिलाईजेशननै पोलिटिकल इन्स्टाबिलिटी नै त्यसको केन्द्रमा आउँछ भनेर हामी हिचकिचाउन हुँदैन भन्ने मलाई लाग्छ । जबसम्म हामीले यो स्थितिको अन्त्य गर्न सकिँदैन, तबसम्म हामीले हाम्रो साधन स्रोतको सही सदुपयोग गर्ने वातावरण बनाउन सकिँदैन । मैले विभिन्न फोरमहरूका बहसमा भाग लिने गरेको छु । खासगरी प्राइभेट सेक्टरले आयोजना गरेका त्यस्ता कार्यक्रमहरूमा हामी कहाँ समस्या माईनसेटको छ भन्ने गरेको छु मैले । हामी राजनीतिक नेतृत्वको दिमागमा या व्युरोक्रेटिक नेतृत्वको दिमागमा पनि व्यवसायीहरू, धनी पुँजीपतिहरू स्वामीजीले भनेजस्तै हामी उनीहरूलाई सही मान्छे भनेर ठान्दैनौँ । उनीहरू गलत मान्छे भनेर नै ठान्छौँ । त्यो माईनसेट छ । र, यो माईनसेटले गर्दा हामीले हामीसँग भएको पोटेन्सियलको जसरी सदुपयोग गर्नुपर्दथ्यो, त्यो सदुपयोग गर्न सकिरहेका छैनौँ भने मुख्यतः पोलिटिकल लिडरसिप र व्यूरोक्रेटिक लिडरसिपको माईनसेट नबदलिँदासमेत विसनेट कम्युनिटीमा पनि कहीँ न कहीँ कानून तोड्नेतिर, राज्यका नीतिनियमहरु फलो गर्‍यो भने तयो साध्यै छैन भनेर त्यसलाई उलङ्घन गर्नेतिर उद्यत हुने प्रवृत्ति विगतमा देखा नपरेको होइन । त्यसकारण यहाँ हामीले मुख्यतः हाम्रो माईनसेट बदल्ने, कल्चरल्ली हामीले आफूलाई एउटा नयाँ ठाउँमा उभ्याउनुपर्ने आवश्यकता छ । त्यसकारण अघि मैले भनेजस्तो बिरालो सेतो र कालो जे भए पनि मुसा मार्नु पर्‍यो भनेको हामीले अपनाउने हाम्रा नीतिहरुको सहीपना यो ठिक छ वा छैन भन्ने कुरा त्यसले दिने परिणाममा आधारित हुनुपर्‍यो । त्यसले सकारात्मक परिणाम दिएको छ, जनतालाई रोजगारी सृष्टि गर्न मद्दत गरेको छ । आत्मनिर्भर अर्थतन्त्रको जग बसाउन मद्दत गरेको छ, उत्पादन वृद्धि गर्न मद्दत गरेको छ, त्यो सही नीति हो ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ