arrow

साफ च्याम्पियनशिपमा नेपालको खस्कियो प्रदर्शन, भुटानसँग पहिलो पटक गोलविहीन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २ शुक्रबार
saff-women-nepal-bhutan-81-.jpg

काठमाडौँ । महिला साफ च्याम्पियनशिपमा नेपालको सबैभन्दा सहज प्रतिस्पर्धी भुटान रहँदै आएकामा यसपालि भने भुटानले कडा जवाफ दिएको छ । यसअघिका चार भिडन्तमा उत्कृष्ट प्रदर्शनसहित २३ गोल गरेको नेपालले एक गोल पनि खाएको थिएन । 

तर काठमाडौँको त्रिपुरेश्वरस्थित दशरंथ रंगशालामा भएको सातौँ संस्करणको पहिलो खेलमै भुटानले नेपाललाई गोलरहित बराबरीमा रोकेर आफू सशक्त भएको दावेदारी दिएको छ । यो नेपालविरुद्ध भुटानको अहिलेसम्मकै सशक्त प्रदर्शन हो । 

यता नेपाल भने उपाधिको दाबेदार भएर पनि कमजोर देखिएको छ । नेपालले एक दर्जन गोल गर्ने अवसर खेर फालेको थियो । एक प्रहार त पोलमै ठोक्किएरसमेत फर्केको थियो । 

उता भुटानले सशक्त डिफेन्स लाइन तयार गरेसँगै नेपालले पाएका अवसरलाई गोलमा परिणत गर्न सकेन । 

यो बराबरीले नेपालको उपाधि दावेदारीमाथि प्रश्न उठ्न थालेको छ । साथै प्रशिक्षकको रणनीतिमाथिसमेत प्रश्न खडा भएको छ । 

अहिलेसम्म ५ पटक फाइनलमा पुगेको नेपालले एक पटक पनि उपाधि जितेको छैन । पाँच पटक भारतले र एक पटक बंगलादेशले उपाधि जितेको छ । नेपालले तेस्रो पटक प्रतियोगिता आयोजना गरिरहेको छ । 

तर यसपालि उपाधिको दावेदारी उत्तिकै रहे पनि पहिलो खेलको प्रदर्शनले नेपाललाई अगाडि बढ्न थप कठिन हुने देखिएको छ । 

नेपाल समूह बीमा रहेको छ । यो समूहमा भुटानसँगै श्रीलंका र माल्दिभ्स छन् । नेपालले सोमबार माल्दिभ्ससँग खेल्नेछ । सेमिफाइनल प्रवेश सम्भावनाका लागि नेपालले माल्दिभ्समाथि जित हासिल गर्नैपर्नेछ । 

माल्दिभ्स भने पहिलो खेलमा शुक्रबार श्रीलंकासँग १–० को हार बेहोरेको छ । सोमबार नै भुटान र श्रीलंका भिड्ने छन् । यदि भुटानले शुक्रबारको जस्तो खेल खेल्यो भने श्रीलंकामाथि हावी हुन बेर लाग्ने छैन । 

समूहमा एक खेलबाट श्रीलंकाको ३ अंक तथा नेपाल र भुटानको समान १–१ अंक छ । माल्दिभ्स अंकविहीन छ । 

अर्को समूहमा भारत, पाकिस्तान र बंगलादेश रहेका छन् । भारतले पहिलो खेलमा बिहीबार पाकिस्तानलाई ५–२ ले हराएको थियो । 

saff-championship-women-2024-nep-bhu (1).jpg
saff-championship-women-2024-nep-bhu (2).jpg
saff-championship-women-2024-nep-bhu (3).jpg
saff-championship-women-2024-nep-bhu (4).jpg
saff-championship-women-2024-nep-bhu (5).jpg
saff-championship-women-2024-nep-bhu (6).jpg
saff-championship-women-2024-nep-bhu (7).jpg
saff-championship-women-2024-nep-bhu (8).jpg
saff-championship-women-2024-nep-bhu (9).jpg
saff-championship-women-2024-nep-bhu (10).jpg
saff-championship-women-2024-nep-bhu (11).jpg
saff-championship-women-2024-nep-bhu (12).jpg
saff-championship-women-2024-nep-bhu (13).jpg
saff-championship-women-2024-nep-bhu (14).jpg
saff-championship-women-2024-nep-bhu (15).jpg
saff-championship-women-2024-nep-bhu (16).jpg
saff-championship-women-2024-nep-bhu (17).jpg
saff-championship-women-2024-nep-bhu (18).jpg
saff-championship-women-2024-nep-bhu (19).jpg
saff-championship-women-2024-nep-bhu (20).jpg
saff-championship-women-2024-nep-bhu (21).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ