arrow

महिला टी–२० विश्वकपले नयाँ च्याम्पियन पाउँदै, फाइनलमा दक्षिण अफ्रिका र न्यूजिल्याण्ड भिड्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ३ शनिबार
t20-wc-women-wi-nz.jpg

काठमाडौँ । न्यूजिल्याण्ड आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । शुक्रबार राति सम्पन्न सेमिफाइनल खेलमा न्यूजिल्याण्डले वेस्ट इन्डिजलाई ८ रनले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको हो ।

न्यूजिल्याण्डले दिएको १२९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाउँदै १२० रन मात्र बनाएपछि न्यूजिल्याण्ड ८ रनले विजयी भएको थियो ।

यसअघि पहिला ब्याटिंग गर्दै न्यूजिल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो । न्यूजिल्याण्ड २०१० पछि पहिलो पटक विश्वकपको फाइनलमा पुगेको छ । 

सन् २००९ र २०१० को टी–२० विश्वकपमा उपविजेता बनेको न्यूजील्याण्डले अहिलेसम्म उपाधि भने जित्न सकेको छैन ।

अब न्यूजिल्याण्डले आइतबार हुने फाइनल खेलमा दक्षिण अफ्रिकाको सामना गर्ने छ । यस पटकको महिला टी–२० विश्वकपले नयाँ विजेता पाउने निश्चित भएको छ । 

यसअघि सम्पन्न ८ विश्वकपमध्ये अस्ट्रेलियाले ६ तथा वेस्ट इन्डिज र इङल्याण्डले एक–एक पटक जितेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ