arrow

प्रतिशोध भन्दै प्रदर्शन

रवि लामिछाने पक्राउको विरोधमा कार्यकर्ताहरु नेपालको झण्डा लिएर सडकमा [फोटोफिचर]

लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध, किर्ते र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ३ शनिबार
rsp-protest-81-7-3-(9).jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ गरेको विरोधमा काठमाडौँसहितका मुख्य सहरहरुमा रास्वपाका नेता कार्यकर्ताले प्रदर्शन गरेका छन् । 

उनीहरुले राजनीतिक प्रतिशोधका कारण लामिछानेलाई पक्राउ गरिएको भन्दै तत्काल रिहाइको माग गरेका छन् । सो क्रममा उनीहरुले नेपालको राष्ट्रिय झण्डासमेत बोकेका छन् । 

रविमाथि सहकारी गठी, संगठित अपराध, किर्ते र सम्पत्ति शुद्धीकरणमामुद्धा चलाउने प्रहरीको तयारी छ । प्रहरीले उनलाई ३४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न सक्नेछ।

तत्कालीन व्यापारिक साझेदार एवं पूर्वडीआईजी छविलाल जोशीलाई भने प्रहरीले असोज ६ गते नै पक्राउ गरेको थियो। उनीमाथि हाल पोखरा प्रहरीले अनुसन्धान गरिरहेको छ। सहकारी ठगी सम्बन्धमा छानबिन गर्न सांसद सूर्यबहादुर थापा क्षेत्रीको संयोजकत्वमा गठित संसदीय विशेष समितिले सरकारलाई बुझाएको प्रतिवेदनका आधारमा लामिछानेविरुद्ध चार वटा आरोपमा अनुसन्धान गर्न सकिनेछ।

लामिछानेलाई उनको पार्टी मुख्यालय काठमाडौं वनस्थलीबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले शुक्रबार साँझ पक्राउ गरी कास्की जिल्ला प्रहरीको जिम्मा लगाएको थियो । 

यसअघि शुक्रबार नै कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्ने अनुमति दिएको थियो । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेलाई पक्राउ गरी अनुसन्धान गर्न कास्की लगिएको हो । 

 सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम लगेर अपचलन गरेको मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

राई, जोशी र लामिछानेले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख रूपैयाँ अवैध तरिकाले लगेको संसदीय छानबिनबाट खुलेको छ। 

सहकारीबाट रकम लैजाँदा र खर्च गर्दा लामिछाने गोर्खा मिडिया नेटवर्कका सञ्चालक थिए। गोर्खा मिडियामा सहकारीबाट अवैध तरिकाले लगिएको रकम लामिछानेले खर्च गरेका हुन्।

असोज ६ गते पक्राउ परेपछि जोशीले सहकारीको रकम ल्याएर अपचलन गर्ने र मिडिया खोल्न उक्साउने लामिछाने भएको बताएका थिए। लामिछानेलाई नसमातीकन आफूलाई मात्र पक्राउ गरेको भन्दै जोशीले प्रहरीसमक्ष गुनासो गरेका थिए ।

तर यसलाई रास्वपाले भने प्रतिशोध भनेको छ । रविमाथि संगठित अपराध सँगसँगै किर्ते र सम्पत्ति शुद्धीकरणमा पनि मुद्धा चल्नेछ । उनले यसअघि दोहोरो नागरिकता लिएका कारण उपप्रधान तथा गृहमन्त्रीको पद गुमाएका थिए । 

उनको दोहोरो पासपोर्टको अनुसन्धानसमेत हुने बताइएको छ । यो विषय त उठेकै छैन । 

रास्वपाका नेता तथा कार्यकर्ता र समर्थकहरुले दिउँसो काठमाडौँको माइतीघरमा प्रदर्शन गरे भने पोखराको चिप्लेढंगामा कोणसभा नै भएको छ । 

त्यहाँ पनि रास्वपाका नेताहरुले राजनीतिक प्रतिशोधका कारण पक्राउ गरिएको भनेका छन् । जबकि रास्वपाका शिशिर खनालसमेत संसदीय छानबिन समितिमा रहेका थिए । उनले पनि रविलाई दोषी देखेका थिए । 

लामो समयदेखि उनीमाथि छानबिन भएर दोष देखिएपछि अनुसन्धानका लागि पक्राउ गर्नु स्वभाविक हो । तर यसलाई राजनीतिक रुप दिएर कतै नेपाली राजनीतिलाई गलत दिशातिर लैजाने शक्ति त हावी भएको छैन ? भन्ने प्रश्नसमेत उठेको छ । 
 

rsp-protest-81-7-3 (1).jpg
rsp-protest-81-7-3 (2).jpg
rsp-protest-81-7-3 (3).jpg
rsp-protest-81-7-3 (4).jpg
rsp-protest-81-7-3 (5).jpg
rsp-protest-81-7-3 (6).jpg
rsp-protest-81-7-3 (7).jpg
rsp-protest-81-7-3 (8).jpg
rsp-protest-81-7-3 (9).jpg
rsp-protest-81-7-3 (10).jpg
rsp-protest-81-7-3 (11).jpg
rsp-protest-81-7-3 (12).jpg
rsp-protest-81-7-3 (13).jpg
rsp-protest-81-7-3 (14).jpg
rsp-protest-81-7-3 (15).jpg
rsp-protest-81-7-3 (16).jpg
rsp-protest-81-7-3 (17).jpg
rsp-protest-81-7-3 (18).jpg
rsp-protest-81-7-3 (19).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ