arrow

नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० मा टाइ, निर्णय सुपर ओभरमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ४ आइतबार
nepal-t20-81-7-4.jpg

काठमाडौँ । नेपाल र अमेरिकाबीचको टी–२० क्रिकेट श्रृंखलाको दोस्रो खेलमा बराबरी भएको छ । एक सय ७१ रनको चुनौती पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ७० रन बनाउन सकेपछि खेलमा टाइ भएको हो । 

अब निर्णय सुपर ओभरमा हुनेछ ।

अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएका अवस्थामा अमेरिकाले ६ रन जोड्यो भने २ विकेट गुमायो । 

अन्तिम ओभरमा सोमपाल कामीले १ विकेट लिए भने एक खेलाडी रनआउट भएका थिए । 

अमेरिकाका लागि एन्द्रेस ग्रोसले ४३ बलमा ६२ तथा साइतेजा मुक्कामल्लले ४१ बलमा ४७ रन जोडे । नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै सोमपाल कामीले २ विकेट लिए । 

यसअघि अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा एक सय ७० रन बनायो ।

नेपालका लागि कुशल भुर्तेलले ५४ बलमा अविजित रहँदै ९२ रन जोडे । त्यसबाहेक अन्य ब्याट्सम्यानहरु जम्न सकेनन् । 

 तीन खेलको टी–२० श्रृंखलाको शुक्रबार भएको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । नेपालले ९ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो । 

जवाफमा अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ४७ रन मात्रै बनाउन सक्यो ।

तेस्रो खेल सोमबार बिहान हुनेछ । 
 



नयाँ