- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । अमेरिकामा भइरहेको टी–२० क्रिकेट श्रृंखलाको दोस्रो खेलमा नेपालले अमेरिकालाई हराउन मात्र ३ रनको चुनौती पाएको छ ।
सुपर ओभरको खेलमा नेपालले रनको ३ चुनौती पाएको हो । यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले सुपर एक ओभरमा २ विकेटको क्षतिमा २ रन बनायो । नेपालका लागि सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ४ बलमा २ रन दिएर २ विकेट लिएका हुन् ।
यसअघिको २० ओभरको खेलमा बराबरी
एक सय ७१ रनको चुनौती पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ७० रन बनाउन सक्यो ।
अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएका अवस्थामा अमेरिकाले ६ रन जोड्यो भने २ विकेट गुमायो ।
अन्तिम ओभरमा सोमपाल कामीले १ विकेट लिए भने एक खेलाडी रनआउट भएका थिए ।
अमेरिकाका लागि एन्द्रेस ग्रोसले ४३ बलमा ६२ तथा साइतेजा मुक्कामल्लले ४१ बलमा ४७ रन जोडे । नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै सोमपाल कामीले २ विकेट लिए ।
यसअघि अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७० रन बनायो । नेपालका लागि कुशल भुर्तेलले ५४ बलमा अविजित रहँदै ९२ रन जोडे । त्यसबाहेक अन्य ब्याट्सम्यानहरु जम्न सकेनन् ।
तीन खेलको टी–२० श्रृंखलाको शुक्रबार भएको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । नेपालले ९ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो ।
जवाफमा अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ४७ रन मात्रै बनाउन सक्यो ।
तेस्रो खेल सोमबार बिहान हुनेछ ।